इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको सातौ कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । ५७ हजार एकसय २० जनाले भाषा परिक्षा दिएकामा ३५ सय १७ जना उर्तिण भएका छन् । परिक्षामा पास भएकाहरु जो कोहि पनि कोरिया कहिले पुगिएला भन्ने कौतुहलता हुनु स्वभाभिक हो ।
भाषा परिक्षामा पास भएकाहरुको पहिला स्वास्थ्य परिक्षण हुन्छ ।
स्वास्थ्य परिक्षणमा स्वस्थ्य भएकाहरुले आवश्यक कागजात सहित रोजगारका लागि आवेदन दिनुपर्छ । रोजगार आवेदन गरेका ब्यक्तिहरुको रोष्टर निमार्ण २ महिना भित्रमा भइसक्छ ।
त्यसपछि थप २ महिना भित्रमा नै कोरियाको मानव संसाधन विभागले रोष्टर प्रमाणित गर्छ । त्यसपछि उनीहरु औपचारिक रुपमा कोरिया जाने योग्य सूचि (रोष्टर) मा रहन्छन्। नेपालकालाई छुट्याइएको कोटा अनुसार नै रोष्टरको निमार्ण हुन्छ । कोटा अनुसार रोष्टरको निमार्र्ण गर्दा रोष्टरमा रहेका लगभग सवै कोरिया आउने संभावना रहन्छ ।
भाषा परिक्षामा पास भएकाहरु सवै स्किल टेष्ट सहभागी भएका थिए। स्किल टेष्ट अन्तर्गत ब्यक्तिको बारेमा तयार पारिएको छोटो सामन्य भिडियो रिपोर्ट कोरियाको रोजगार केन्द्रमा आउछ र रोजगारदाताले उक्त भिडियो हेरेर ब्यक्तिको छनोट गर्छ । त्यसैले स्किल टेष्टमा सहभागी भई अधिकतम प्राप्ताड़क हुनेहरु कोरिया छिटो आउने सम्भावना बढि हुन्छ ।
यद्धपि यो नै एकमात्र छनोट प्रकृया भने हैन, केही अपवादमा सीप परीक्षण मा राम्रो नम्बर ल्याएका भन्दा पहीला सीप परीक्षण मा सहभागिनै नभएका हरु पहीला कोरीया पुगेको पनि उदाहरण हरु छन | कोरियामा रहेका रोजगारदाताहरुले भिडियो हेरेर कामदार छान्ने प्रक्रिया बढेपछि इपिएस शाखाले सवै कामदारको स्किल टेष्ट लिने गरेको छ ।
कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले प्रमाणित गरेर रोष्टरमा रहेका ब्यक्तीहरुलाई कोरियाको रोजगार केन्द्रले यहाँ रहेका रोजगारदातालाई कामदार सिफारिस गर्न सक्छ । रोजगारदाताको छनौटमा परेमा चाँडै कोरिया प्रवेश सम्बन्धि प्रक्रिया अगाडि बढ्छ । यो वर्ष भाषा परिक्षा पास गरि रोष्टरमा रहनेहरु सन् २०१७ बाट मात्र कोरिया आउन शुरु हुन्छ । रोष्टरमा रहेकाहरुको कोरिया आउन पाउने समयावधी २ वर्षसम्म रहन्छ । रोष्टरमा रहेपनि रोजगारदाताको छनोटमा नपरे उनिहरु कोरिया आउन पाउदैनन् ।
No comments:
Post a Comment