Pages

Saturday, February 18, 2017

प्रेममय एउटा गजल

प्रेममय एउटा गजल भोली ल्याउनु पर्ला
दयामायाँ पोको पारी झोली ल्याउनु पर्ला ।।

फुकाउनु हुन्न एक्लै प्रेमील यो बाधाअर्ड्चन
साक्षी राख्न गाउँ सारा टोली ल्याउनु पर्ला ।।

नाना भाती बजारमा आका होलान पहिरन
नेपाली हो चिनाउनलाई चोली ल्याउनु पर्ला ।।

चड्के सलाम नमस्कारको सम्बोधन गरी
चडाएर लान दुल्हन  डोली ल्याउनु पर्ला ।।

छोटी मोटी हेर्दा अली अपत्यार लाग्दी
सबै सामु सत्य कुरा बोली ल्याउनु पर्ला ।।

कल्पना पौडेल

No comments:

Post a Comment