Pages

Monday, February 27, 2017

आठौँ कोरियन भाषा परिक्षाको कोटा निर्धारण, फागुन २४ गते सुचना प्रकाशित हुने

कोरियाले १० हजार नेपाली कामदार लैजाने

कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ। नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार कोरिया गइसकेको छन्।

अघिल्लो साताासम्म करिब ४३ हजार भन्दा बढी नेपाली कोरिया गइसकेको छन्। आठौ लटमा कोरिया सरकारले १० हजार बढी कामदार लाने गरी ईपिएस परीक्षाको तयारी थाल्ने भएको छ।

कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ। भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए।

यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन्। फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए। अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ।

परीक्षा भने जेठको अन्तिम सातामा ( २७ र २७ )गते हुने ईपीएस शाखाले जनाएको छ। फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने शाखाले जनाएको छ।

फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो। यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए। शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए।


No comments:

Post a Comment