काठमाडौं : आठौं कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा तीन साता ढिलो गरी सार्वजनिक हुने भएको छ । ईपीएस शाखाका अनुसार असार १६ गते गर्ने भनिएको नतिजा साउन ११ गते हुने छ।
प्राविधिक कारण परीक्षा दिन छुटेका विद्यार्थीको समेत परीक्षा लिएर सँगै नतिजा सार्वजनिक गर्नुपर्ने हुँदा नतिजा आउन ढिला हुने शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो।
परीक्षामा ६८ हजार दुई सय ८६ जनाले यसअघि नै परीक्षा दिइसकेका छन् । सन् २०१८ मा कोरियाले नेपालबाट १० हजार दुई सय कामदार लाने छ । जसमा कृषि क्षेत्रमा ६ हजार दुई सय र उत्पादन क्षेत्रमा चार हजार जना कोरिया जाने छन्।
No comments:
Post a Comment