Pages

Tuesday, July 4, 2017

अबैधानिक बिदेशी कामदारहरु सरकारले तोकेको अबधि भित्र  स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्न पाउने 



कोरियामा अबैधानिक तबरले बसिरहेका बिदेशी कामदारहरु सरकारले तोकेको अबधि भित्र  स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्न पाउने भएका छन् l

यहाँको न्याय मन्त्रालयले एक सूचना जारि गरि  अध्यागमनले तोकेको समय भित्र स्वदेश फर्किएमा कोरिया पुन प्रवेशको ढोका खुल्ला रहने बताएको छ l अध्यागमनले स्वदेश फर्किनको लागि यहि जुलाई १० तारिख देखि अक्टोबर १० तारिख सम्म ३ महिनाको समयाबधि तोकेको छ l यसभन्दा पहिला ३ बर्ष भन्दा धेरै अबैधानिक बस्नेलाइ २ बर्ष पुन प्रवेशमा  निषेध गरेको थियो भने १ बर्ष देखि ३ बर्ष सम्म अबैधानिक बस्नेलाई १ बर्ष सम्म प्रवेशमा निषेध गर्दै आएको छ l

तोकेको समय भित्र स्व-इच्छाले स्वदेश फर्किएमा कोरियाको मानब संसाधन केन्द्रले तोकेको क्राइटेरिया पुरा गरि पुन प्रवेश गर्ने अबसर मिल्ने पनि जारि सुचनामा उल्लेख छ l

 सन् २०१८ मा कोरियामा आयोजना हुने प्यांगचाङ्ग ओलम्पिकको सुरक्षालाइ  मध्यनजर गर्दै सरकारले अबैधानिक कामदारको संख्यामा कमि ल्याउने बताएको छ l केहि महिना पहिला मात्र जेजु टापुमा रहेका अबैधानिक कामदार हरुलाई ब्यपाक  धरपकड गर्ने बताएपछि ठुलो संख्यामा कामदार हरु टापु छाडेर बाहिरिएका थिए l

पछिल्लो समय कोरियामा अबैधानिक कामदारको संख्यामा बृद्दी भएको छ  lसन् २०१६ सम्म कुल बिदेशी कामदारको ११.३ प्रतिशत अबैधानिक रहेको बताइएको छ l हाल कोरियामा २५ लाख बिदेशी कामदार कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ l

No comments:

Post a Comment