Pages

Friday, December 15, 2017

दक्षिण कोरियामा बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध,नेपालीहरु पनि डुब्ने खतरामा


दक्षिण कोरियाले विश्वमा दिनदिनै फैलिदै गएको बिट्क्वाईन जस्ता अबैध डिजिटल मुद्रालाई पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ ।


 कोरिया टाईम्सले आफ्नो अनलाईन संस्करणमा जनाए अनुसार त्यहाँको केन्द्रीय आर्थिक नियमन गर्ने निकाय फाईनान्सियल सर्भिस कमिशनका अध्यक्ष चोई जोंग कुले बिट्क्वाईनको कारोबार आर्थिक कारोबार नभएको र कुनै संस्थागत अस्तित्व नरहेकोले अब आईन्दा त्यसको कारोबारलाई पूर्ण निशेष गरिने बताएका छन् । कमिशनले बिट्क्वाईनलाई पूर्ण निशेष गर्न, त्यसको कुप्रभावलाई कम गर्न र अनुमानका आधारमा गरिने लगानीलाई निरुत्साहित गर्न कदम चालिने जनाएको छ ।



 दक्षिण कोरिया बिट्क्वाईन, ईथोरियम जस्ता क्रिप्टोकरेन्टीको कारोबारको केन्द्र नै मानिदै आएको छ । त्यहाँ कम्तिमा १० लाख मानिसहरु यसको प्रत्यक्ष कारोबारमा जोडिएको आँकलन गरिएको छ । बिट्क्वाईन लगायतका क्रिप्टोकरेन्टीको कुनै संस्थागत प्रत्याभुति नभएको, कुनै नियमन पनि नगरिएको र त्यसमा लगानी गर्नेहरुको हित संरक्षणको कुनै ग्यारेन्टी नभएकाले वित्त बजारमा धेरै जोखिम उत्पन्न गराएको सरकारी अधिकारीहरुले बताएका छन् ।


 बिट्क्वार्इृन जस्तो अबैध डिजिटल मुद्राका कारोबारमा कोरिया काम गर्न गएका नेपालीहरु समेत दलाल मार्फत फसेकाले उनीहरुको लगानी सुरक्षाको चिन्ता समेत उत्पन्न भएको बताईन्छ । सेयर लगानी

No comments:

Post a Comment