फोरजीलाई यसरी बुझौँ
नेपालमा पहिलोपटक चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोरजी) सुरु हुँदै छ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले १७ पुसदेखि औपचारिक रूपमा फोरजी सुरु गर्दै छ । विश्वबजारमा सन् २०१० देखि नै फोरजी सुरु भएको हो । अहिले कतिपय विकसित मुलुक पाँचौँ पुस्ता (फइबजी)को तयारीमा जुटेका छन् । नेपालमा भने दोस्रो पुस्ता (टुजी) र तेस्रो पुस्ता (थ्रिजी)कै विस्तार तथा पहुँच देशव्यापी भइनसकेको अवस्थामा चौथो पुस्ता सुरु हुँदै छ । अहिले फोरजीका बारेमा मोबाइल प्रयोगकर्ता मात्रै होइन, नियामक निकाय, सेवा प्रदायक र आमसर्वसाधारणको चासो पनि अत्यधिक छ । के हो फोरजी ? यसबाट कसरी लाभ लिने ? फोरजीका चुनौती के–के छन् ? नियामक निकाय दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालको विश्लेषण यस्तो छ:
के हो फोरजी ?
आमजनताले चौथो पुस्ताको प्रविधि (फोरजी)लाई नेपालको अहिलेसम्मकै आधुनिक र विकसित ताररहित दूरसञ्चार प्रविधि भनेर बुझ्नुपर्छ । अहिले नेपाली जनताले टुजी (दोस्रो पुस्ता) र थ्रिजी (तेस्रो पुस्ता)को प्रविधिमा आधारित ताररहित सेवा प्रयोग गरिरहेका छन् । तेस्रो पुस्ताको विकसित र परिस्कृत रूप नै चौथो पुस्ता हो । यस प्रविधिमा आधारित भएर एलटिई, वाइम्याक्सलगायत सेवा सञ्चालन गर्न सकिन्छ । सर्वसाधारणले बुझ्नुपर्ने कुरा के हो भने फोरजी अहिले हामीले प्रयोग गरिरहेको सेवाभन्दा अधिक द्रुतगतिको हुनेछ । फोरजी सेवाबाट अपलोड र डाउनलोड अत्यन्तै द्रुत गतिमा हुन्छ । खासगरी फोरजीबाट भिडियो कलिङ, फोटो तथा भिडियो डाउनलोड र अपलोड सहज हुन्छ । अहिले फोरजीका लागि सेवा प्रदायकसँग ५ मेगाहर्ज मात्रै फ्रिक्वेन्सी छ । यसले गर्दा फोरजी विश्वस्तरको हुने छैन । फ्रिक्वेन्सी १० मेगाहर्ज भयो भने रियल एलटिईको फिल हुन्छ ।

सर्वसाधारणले कसरी उपयोग गर्ने ?
आफूले चलाइरहेको मोबाइल सेटमा फोरजी चल्छ कि चल्दैन अथाव फोरजी कसरी कनेक्ट गर्ने भन्ने आमउपभोक्ताको चासो हुन सक्छ । यो चासो स्वाभाविक छ । सेवाग्राहीको यस्तो चासो र प्रश्नलाई सेवाप्रदायकले विभिन्न किसिमका सूचना, विज्ञापन तथा प्रत्यक्ष प्रतिक्रियाबाट समेत सम्बोधन गर्ने नै छन् । तर, फोरजी कनेक्ट गरिसकेपछि यसको उपयोग केमा र कसरी गर्ने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । अहिले हामीले प्रयोग गरिरहेको थ्रिजीबाट पनि फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल तथा एप्सहरू सजिलै चल्छन् । जेनतेन युट्युब पनि चल्छ । त्यसो भए फोरजी किन प्रयोग गर्ने ? फोरजीचाहिँ अत्यन्त ठूला आकार फाइल अपलोड तथा डाउनलोड गर्न, आवश्यकताअनुसार भिडियो कल गर्न, भिडियो हेर्नलगायत काममा प्रयोग गर्नुपर्छ । युट्युबमा अनेक खालका जानकारीमूलक तथा शैक्षिक सामग्री हुन्छन् । फोरजीको प्रयोग यस्ता जानकारीमूलक भिडियो हेरेर गर्न सकिन्छ । एउटा विद्यार्थीले अमेरिकी प्रोफेसरको लेक्चर र लेक्चर नोट फोरजीको प्रयोग गरी हेर्न÷पढ्न सक्छ । एउटा नयाँ चिकित्सक वा हेल्थ असिस्टेनले स्वास्थ्य तथा उपचारविधिसँग सम्बन्धित ज्ञान तथा जानकारी गुगलमा सर्च गरेर वा युट्युबमा भिडियो हेरेर फोरजीको सदुपयोग गर्न सक्छ । फोरजी एलटिईबाट एक्सेस लिएर कार्यालयमा वाइफाई छोड्न सकिन्छ । अहिले हामीले घरमा ५ सय १२ केबिपिएस गतिको इन्टरनेट चलाइरहेका छौँ, अब फोरजी सेवा लिएर हटस्पटका रूपमा एक्सेस गराई घरमा पनि वाइफाई छोड्न सकिन्छ ।

फोरजीमा पैसा कति काटिएला/खर्च होला ?
अहिले सर्वसाधारणमा फोरजीको महसुलदर के–कति होला भन्नेबारे सर्वाधिक चासो रहेको छ । द्रुत गतिको हुने भएकाले थ्रिजीभन्दा केही महँगो हुन सक्छ । सेवा प्रदायकले अहिले सफ्ट लन्च गर्दा थ्रिजीसरहकै मूल्य लिने भन्ने चर्चा पनि छ । फोरजीमा अनलिमिटेड प्याकेज महँगो हुन सक्छ । त्यसैले सेवा प्रदायकले भोलम बेसमा र प्याकेजमा आधारित महसुलदर ल्याउने देखिन्छ । अहिले हामीले प्रयोग गरिरहेको थ्रिजीको अधिकतम गति २१ एमबिपिएस होे । अहिले नेपाल टेलिकमले करिब १६ एमबिपिएस गतिको थ्रिजी सेवा दिइरहेको दाबी गरिरहेको छ । अहिलेकै अवस्थामा टेलिकमले फोरजी सुरु गर्दा त्यसको गति बढीमा ४० एमबिपिएस हुनेछ । यसर्थ, नेपालमा तुलनात्मक रूपमा थ्रिजीभन्दा फोरजी दुई वा तीन गुणा बढी स्पिडको हुनेछ । जति धेरै स्पिड भयो त्यति छिटो पैसा काट्छ । डाटा छोटो समयमै धेरै प्रयोग हुन्छ । यस्तो वेलामा प्रयोगकर्तालाई पैसा छिटो सकियो वा बढी काटियो भन्ने भान हुन सक्छ । यसलाई ‘बिल सिक’ भनिन्छ । यसर्थ, उपभोक्तालाई सेवा प्रदायकले फोरजीका महसुल दरका बारेमा प्रस्ट पार्नुपर्छ ।

फोरजीमा हामी तयार छौँ ?
विश्वबजारमा फोरजीको औपचारिक सुरुवात भएपछि नेपालमा पनि त्यसको चर्चा परिचर्चा सुरु भएको थियो । सन् २०१२ तिर मैले नेपालमा तत्काल फोरजीको आवश्यकता र बजार छैन भनेको थिएँ । त्यसको पाँच वर्षपछि अहिले नेपालमा फोरजी सुरु हुँदै छ । तर, सन् २०१७ मा आइपुग्दा पनि फोरजीका लागि हामी पूर्ण तयार भइसकेका छैनौँ । नीतिगत तथा कानुनी रूपमा तयार भयौँ, प्रविधि पनि तयार भयो, तर अझै पनि कन्टेन्ट तयार भएको छैन । फोरजीको प्रपर बजार तयार भएको छैन । यद्यपि, अहिले सुरुवात भएको छ, अब बजार पनि बढ्ला । खासगरी फोरजीको बजार सरकारले सिर्जना गर्नुपर्ने थियो, तर हुन सकेन । अर्थात्, सरकारले आफ्ना सेवालाई मोबाइलमा आधारित बनाउन सक्नुपथ्र्यो, मोबाइलबाटै सरकारी सेवा लिन सक्ने, कारोबार गर्न सक्नेलगायत सेवा सरकारले दिन सक्नुपथ्र्यो, तर सकिएको छैन । यसर्थ, बजार अझै बनिसकेको छैन । आमउपभोक्ता (जो फोरजीका लागि पैसा तिर्न सक्षमसमेत छन्) बाट फोरजी सुरु गरिएको छ । अब यसको वास्तविक बजारको सिर्जनासमेत सुरु गर्नुपर्छ ।

मुलुकलाई फोरजीको महत्व के छ ?
फोरजीको उचित उपयोग गर्न सकिएमा यसले मुलुकको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन सक्छ । अहिलेसम्म सरकारी तवरबाट सूचनाप्रविधिको प्रयोग नै भएको छैन । गाविस, विद्यालय, हेल्थपोस्ट ब्रोडब्यान्ड इन्टरनेटमा कनेक्ट हुनुपर्ने, तर अझै हुन सकेको छैन । सरकारका यस्ता निकाय तथा संस्थालाई ब्रोडब्यान्ड इन्टरनेट जोडेर सरकारले इ–गभर्नेन्सलाई व्यापक बनाउनुपर्छ । मोबाइल एप्समा आधारित सेवा दिन सक्नुपर्छ । यस्तो अवस्थामा फोरजीको योगदान अत्यन्तै महत्वपूर्ण हुन आउँछ । फोरजीको सदुपयोगबाट मुलुकको स्वास्थ्य, शिक्षा, खेलकुदलगायत सबै क्षेत्रको विकास गर्न सकिन्छ । यी क्षेत्रमा विश्वस्तरमा भइरहेका प्रयोग सिक्न र अभ्यास गर्न सकिन्छ ।

के छ चुनौती ?
अहिले सेवा प्रदायकसँग फोरजीका लागि ५ मेगाहर्ज मात्रै फ्रिक्वेन्सी छ । यसले गर्दा फोरजीको असली गति हुँदैन । यसर्थ, प्राधिकरणका लागि फ्रिक्वेन्सी व्यवस्थापनको चुनौती छ । हामीले एकातर्फ प्रविधि तटस्थता अपनाएका छौँ भने अर्कातर्फ ७०० र २६०० ब्यान्डमा बढाबढसमेत गर्दै छौँ । यसका मूल्य पनि नितान्त फरक हुनेछन् । यहाँ केही तालमेल नमिल्न सक्छ । अर्कोतर्फ धेरै स्पिडको इन्टरनेट केका लागि ? यसको प्रश्न छैन । यो पनि चुनौतीको विषय हो । यसर्थ, प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापन र सरकारले लोकल कन्टेन्ट विकासमा विशेष ध्यान दिनुपर्छ ।

अबको बाटो के ?
संसारमा एकदमै स्पिड सेन्सेन्टिभ एप्स धेरै आएका छन् । यसर्थ, हामीले पनि अब हाम्रो इन्टरनेटको गतिलाई बढाउनुपर्छ । वायरलेस प्रविधिलाई विश्वस्तरको बनाउँदै लैजानुपर्छ । विश्वबजारमा फोरजी सुरु हुँदा हामीले बल्ल थ्रिजी सुरु गरेका थियौँ । अहिले विश्वबजारले फाइबजीको तयारी गरिरहँदा हामीले फोरजी सुरु गरेका छौँ । हाम्रो देशबाट अझै ४–५ वर्षसम्म टुजी विस्थापन हुनेछैन । अहिले भएका साना अपरेटर सीधै फोरजीमा जान सक्दैनन् । अहिले पनि डेटाको आम्दानी कुल आम्दानीको १०–१२ प्रतिशत मात्रै हो । यसर्थ, अबको बाटो भनेको गाउँगाउँमा थ्रिजी विस्तार गर्दै सहरमा फोरजी सुरु गर्ने हो । सहर तथा बजारमा फोरजी र गाउँका हरेक कुनामा थ्रिजी पुर्याउनुपर्छ । त्यस्तै, फाइबजीका लागि समेत तयारी गर्नुपर्छ । फाइबजीका लागि फ्रिक्वेन्सी व्यवस्थापन सुरु गर्नुपर्छ ।

No comments:
Post a Comment