Friday, December 15, 2017

कुन कुन क्षेत्रमा कति प्रवासी मजदुरको कोटा निर्धारण गरिएको छ ? हेर्नुहोस्

दक्षिण कोरिया ) - दक्षिण कोरियाले एसियाको बिभिन्न १६ देशबाट इपिएस रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रवासी मजदुरहरु लाने गरेको छ । यसरी लाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्यक बर्ष तोक्ने गर्दछ ।








२०१८ मा कोरियन सरकारले लाने प्रवासी मजदुर कोटा आज बसेको (डिसेम्बर १५ ) प्रवासी मजदुर कोटा निर्धारण समितिको बैठकले निर्धारण गरेको छ । कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा २१ जना सदस्य रहने ब्यबस्थाछ । मजदुर संगठनबाट कोरियन प्रजातान्त्रिक मजदुर महासघ (केसिटियु) र एफकेटियुको सदस्य सहभागी हुनेछन । समितिले २०१८ कोलागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । यो ५६ हजार कोटा शंख्य मध्ये ४५ हजार नया (पिबिटी) प्रवासी मजदुर लैजाने छ भने ११ हजार कमिटेड र बिशेष कोरियन भाषा परिक्षा उतिर्ण भएको प्रवासी मजदुर(सिबिटी) लैजाने भनि निर्णय गरेकोछ ।


 कुन कुन क्षेत्रमा कति प्रवासी मजदुरको कोटा निर्धारण गरिएको छ ? तलको तालिका हेर्नुहोला २०१८ मा अदक्ष प्रवासी मजदुर (ई ९ ) नया र पुन प्रवेश गर्नेको क्षेत्र र शख्या बिभाजन बर्गिकरणजम्माउत्पादनकृषि तथा पशुपालनमत्स्यपालननिर्माणसेवाजम्मा (शख्या)५६,०००५४,००० +α(२००० )४२,३००६,६००२,६००२,४०० 4१००नया४५,०००४३,००० +α(२००० )३२,२५०५,८७०२,४००२,३९० 4९० +αपुन प्रवेश११,०००१०,०५०७३०२००१०१०

प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन कुन महिनामा लगिन्छ छ त ? तल हेर्नुहोला प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन कुन महिनामा लगिन्छ छ त ? तल हेर्नुहोला (नया प्रवासी मजदुरलाई लाने समय र शंख्या ) समय जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९० जनवरी १५,७७० ९,६०० +α1 २,६१० +α2 १,१०० १,२२०+α4 ४० +α5 अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५० जुलाई ७,५४० ६,५५० ५५० ४४० अक्टोबर ७,१५० ६,५०० ६५०

 यो बाहेक पुन प्रवेश गर्ने (कमिटेड र सिबिटी)प्रवासी मजदुरहरुलाई माग भए अनुसार जुनसुकै समयमा लगिने छ भनि निर्णय गरिएको छ। प्रवासी मजदुर कोटा निर्धारण समितिले निर्धारण गरेको २०१८ को प्रवासी मजदुरको कोटा जम्मा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ अवधि पुरा गरेर जाने प्रवासी मजदुरको सख्या पूर्ति गर्नकोलागि हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याइने शंख्या हो । कार्य अवधि पुरा भएर जाने प्रवासी मजदुरको शंख्या निम्न बमोजिम छ ।

बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९ बाकी १० हजार बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई पठाइने छ भनिएको छ । यो ५६ हजार तोकिएको कोटा मध्येबाट कुन देशलाई कति कोटा दिने भन्ने निर्णय सम्बन्धित मन्त्रलयसग छलफल गरि रोजगार तथा श्रम मन्त्रीले अर्को बर्षको जनवरीमा गर्नेछ । माथी उल्लेखित कुराहरु आज भएको बैठकको निर्णय कागजमा उल्लेख छ ।

No comments:

Post a Comment