Tuesday, December 27, 2016

" सक्छौ गरेर देखाऊ "

 देखाउ पानीमा आगो बालेर देखाउ ।
देखाउ पानीमा आगो बालेर देखाउ ।।

सुर्यलाई हत्केलाले छामेर देखाउ ।।
राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।

थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।
समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउ।।

$uba$h ghimire

No comments:

Post a Comment