सभन्दा पहिला इपिएस मार्फत कोरिया गएका कामदारले आफ्नो कोरिया बसाइलाई लम्ब्याउन E7 भिषाको लागि निबेदन दिन पाउने नियम भएकोमा अब देखि E7-4 भिषाको लागि पनि निबेदन दिने पाउने छन् l यद्धपी E7-4 भिषाको लागि पनि केहि क्राइटेरिया जस्तै उमेरको हदबन्दी ,आम्दानि ,कामको अनुभब तथा भाषाको दक्षता पुरा गर्नु पर्ने भएपनि E7 भिषाको क्राइटेरिया भन्दा धेरै निकै खुकुलो हुने जनाइएको छ l
उत्पादनमुलक ,कृषि तथा मत्स्य पालन आदि क्षेत्रमा काम गर्ने कामदारले उक्त भिषाको लागि निबेदन दिन सक्ने छन् l यसरि थप भिषाको लागि निबेदन दिने कामदारको कामको अनुभब ,आम्दानि ,उमेर , भाषाको दक्षता , शैक्षिक योग्यता आदिलाई आधार मानेर ५० अंक भन्दा माथि ल्याउनेले उक्त भिषा प्राप्त गर्न सक्ने बताइए पनि टपिक लेबल(कोरिया भाषा) कति पास गर्नु पर्ने भने खुलाइएको छैन l नयाँ भिषा प्रणालीले साना तथा मझौला कम्पनीहरुमा दक्ष तथा अनुभबी कामदारको अभाब नहुने न्याय मन्त्रालयको बुझाई छ l यसरि मापदण्ड पुरागरी E7-4 भिषा प्राप्त गर्ने बिदेशी कामदारले प्रत्येक २ बर्षमा आफ्नो भिषा नबिकरण गरि आफ्नो परिवार पनि संगै राख्न पाउने छन् l
कोरिया सरकारले ल्याएको पाइलट प्रोजेक्ट अन्तर्गत यो आर्थिक बर्ष भित्रै अन्य थप भिषा प्रणाली लागु गर्ने बताइएको छ l आगामी बर्षको लागि E7-4 भिषाको कोटा भने ३-४ सय सम्ममा निर्धारण गर्ने बताएको छ l हाल कोरियाले बिभिन्न क्षेत्रमा इपिएस मार्फत E9 भिषामा अदक्ष बिदेशी कामदार लिदै आएको छ यसरि आएका कामदारको समयाबधि ४ बर्ष १० महिना हुने गर्दछ l यसरि आएका कामदारले आफ्नो परिबार कोरिया झिकाउन पाउदैनन भने पुनः कोरिया प्रवेश गर्न चाहेमा बिभिन्न क्राइटेरिया हरु पुरा गर्नु पर्ने नियम छ l
No comments:
Post a Comment