अहिलेको नियम अनुसार इ नाईन भीषामा आएका विदेशी कामदार कोरियामा चार वर्ष दश महिना बसेर काम गदै आएका छन्। भीषा अवधि सकिएपछि उनीहरु स्वदेश फिर्ता वा अर्को भाषा परीक्षा दिनुपर्ने हुन्छ। कोरियन क्षमता परिक्षा उत्तिर्ण भएमा फेरि चार वर्ष दश महिनाको भीषा नविकरण हुन्छ। नयाँ नीतिले दुई पटक भन्दा बढि कोरिया वसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ। कोरियामा इपीएस भीषा प्राप्त गर्न कोरिया भाषा परीक्षा लगायत विभिन्न परीक्षणमा सफल भएमा सकिने प्रावधान छ। जस अन्तर्गत उमेर हदबन्दी भन्दा कम उमेरका विदेशी कामदार एक पटकको भीषा अवधि सकिएपछि पनि भाषा परीक्षा उत्तिर्ण गरेर पटक पटक कोरियामा काम गर्न आउन सक्ने प्रावधान रहेको छ।
सैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यसबारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन्। नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढि बसाईमा बन्देज गर्ने छ। सो अवधि भन्दा बढि बसेमा अवैधानिक हुने छ। नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढि कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन्। नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ या इ नाइन भीषा बाहेकका अन्य भीषाका लागि आवेदन दिनुपर्ने हुन्छ। नयाँ नीति जारी भएपछि इपिएस भाषा परिक्षा दिएर कोरियामा काम गरी फर्केर पुनः सिबिटि दिएर आएका सयौ नेपाली कामदार प्रभावित हुने छ । उमेर ३९ वर्ष ननाघेका तथा कम्पनीले उत्कृष्ट कामदारका रुपमा लिएर पुनः कामका लागि बोलाउन सक्ने सयौ नेपाली कामदार पुनः कोरिया आउनबाट बन्चित हुने छन् ।
सिविटि दिएर वा पिबीटी दिएर नौ वर्ष आठ महिना अवधि पुरा गरेका सयौ नेपाली अहिले पनि कोरियामा कार्यरत छन् । नियम कार्यन्वन आएपछि स्वतः उनीहरु स्वदेश फिर्ता हुनुपर्ने छ । कोरियामा सन् दुइ हजार आठमा इपिएस लागू भएयता पैतालीस हजार भन्दा बढि नेपाली यहाँ आइसकेका छन् । * अन्नपुर्ण पोष्टबाट
No comments:
Post a Comment