Tuesday, October 24, 2017

Job Application From र Medical Checkup सम्बन्धि महत्वपुर्ण जानकारी


रोजगार अनुमति प्रणाली ईपिएस  अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा मिति
२०७४ जेष्ठ २७, २८ र परीक्षा केन्द्र नं. २६ मा छुटेका परीक्षार्थीहरुको आसाढ २१ देखि २९ गते सम्म पुनः
लिईएको आठौं EPS-TOPIK PBT  कोरीयन भाषा परीऺामा सहभागी भई Manufacturing र Agricultural & Livestock क्षेत्रका लागि  उत्तिर्ण भएका १२१०८ जना व्यक्त्तिहरुको स्वास्थ्य परीऺक्षण तथा रोजगार आवेदन फाराम Job Application From भर्ने तथा दर्ता गर्ने सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।









१ स्वास्थ्य परीक्षण गराउन जाँदा आवेदकले निम्न कागजातहरु अनिवार्यरुपमा लिई जानु पर्नेछ।

* दरखास्त फाराम भर्दा पेश गरेको राहदानीको सक्कल प्रति ।

* EPS-TOPIK परीक्षाको प्रवेशपत्र ।

* हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।
* स्वास्थ्य परीक्षण शुल्क वापत ५५.६४ अमेरिकन डलर बराबर हुन आउने नेपाली रुपैंयाँ सम्बन्धित
स्वास्थ्य संस्थाबाट तोकिएको बैंक वा स्वास्थ्य संस्थाको काउण्टरमा बुझाउनु पर्नेछ ।








* स्वास्थ्य परीक्षणको Report  सम्बन्धित अस्पतालबाट सिधै EPS Korea  शाखामा प्राप्त हुने भएकोले
सम्बन्धित उम्मेदवारहरुले Report लिन अस्पतालमा नगद रकम बुझाएको भौचर लिई तोकिएको
मिति र समयमा EPS Korea शाखामा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

* स्वास्थ्य परीक्षण बारेको थप सूचना अस्पतालको सूचना पाटीमा सम्बन्धित अस्पतालबाट प्रकाशित
हुनेछ ।

* स्वास्थ्य परीक्षणका लागि तोकिएको अस्पतालमा सम्बन्धित व्यक्तिहरुले तोकिएको स्वास्थ्य परीक्षण
मिति भन्दा एक दिन अगाडी नैसम्पर्क राख्नु पर्नेछ ।

२ आबेदकले आबेदन साथ अनिवार्यरुपमा पेश गर्नु पर्ने कागजातहरुः

१. एम.आर.पी राहदानीको रंगिन प्रतिलिपि १ प्रति (राहदानीको वहाल अवधी कम्तीमा एक बर्ष रहेको)
२. स्वास्थ्य परीक्षण प्रमाणपत्रको सक्कलै प्रति,
३. प्रहरी प्रतिवेदनको सक्कलै प्रति,
४. आवेदन फाराम शुल्क तिरेको बैंकको सक्कलै भौचर ,
 ( आवेदन फारम सुल्क $5 बराबर लाग्नेछ, सो पैशा फारम भर्नेदिन ईपिएस अफिस परिसर भित्रै बैंकको काउन्टर हुनेछ त्यहां जम्मा गर्नुपर्नेछ )
५. छ महिना भित्र खिचेको मुहार प्रष्ट देखिने पासपोर्ट साईजको रंगिन फोटो एक प्रति ।
६. "क" बर्गको बैंकमा आफ्नो नाममा खाता खोलेको हुनपरर्ने र सोको प्रमाण * चेकबुकको फोटोकपि वा बैंक स्टेटमेन्ट १ प्रति
७. Email Id अनिवार्य ।

** आबेदकले ध्यान दिनु पर्ने कुराहरु **
* आफ्नो नागरिकता र पासपोर्टका बिबरणहरु दुरुस्त छन छैनन् जस्तै : Frist Name, Last Name, Date Of Birth, Citizenship No, Father Name यि कुराहरु दुरुस्त हुन आवस्यक छ नत्र रोस्टर प्रमाणित गर्दैन् HRD Korea ले, Address वा अन्य कुरामा थोरै फरक भएपनि खासै फरक पर्नेछैन्।
* राहदानीको सक्कल प्रति साथमा लिई आउनु पर्नेछ ।
* योग्य सूची Roster मा समावेश हुनु भनेको कामदारकारुपमा कोरिया जान योग्य हुनु हो तर शत
प्रतिशत (१००% ) काम पाउने ग्यारेन्टी भने होइन ।

* गणतन्त्र कोरियाबाट निष्काशन भएको, Over stay, illegal बसि हाल राहदानीमा नाम, जन्म मिति,
ठेगाना परिवर्तन गरेको भए त्यस्ता व्यक्तिहरु यस प्रणालीका लागि अयोग्य ठहरिने र त्यस्तो कार्य
प्रमाणित भएमा कानून वमोजिम दण्डनीय हुने कुरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।






** कोरियन भाषा परीक्षा उत्तीर्ण भएपछि पनि कोरियाको रोजगारदाताको छनौटमा
परि भिषा प्राप्त भई अन्तिम उडान तालिका प्राप्त नहुँदा सम्म रोजगारीको
ग्यारेन्टी नहुने हुँदा आफूले गरिरहको पेशा, व्यवसाय, काम, अध्ययन आदिलाई
नियमित राख्नुहोला।






ईपिएस सम्बन्धि कुनै समस्या वा जिज्ञाशा भएमा
सम्पर्क :
Office : 01-5186349
Mobile : 9815376824

No comments:

Post a Comment