अन्धकार हुन्छन् रात हरू जुनको अभाबमा
एक्लो भा छ मेरो जीवन उनको अभाबमा ।।
शोषित पिडित जनताले कैले पाउलान् न्याय
बड्दै छ यहाँ अत्याचार कानुनको अभाबमा ।
सुन्दा खेरि दुख लाग्छ दिन दिनै मर्दै छन् रे
अस्पतालमा बिरामीहरू खुनको अभाबमा ।
धन् सम्पति नभई नहुने क्तो जमाना आयो
हुँदैन भन्छन् बिबाह नै सुनको अभाबमा ।।
उही अभागी कल्पु ।
No comments:
Post a Comment