फाइल तस्वीर
२० फागुन, बिराटनगर । नेकपा एमालेले तराई मधेसमा संञ्चालन गर्ने मेची-महाकाली अभियानको तयारी पूरा भएको जनाएको छ ।
अभियान अन्तर्गत भोलि काँकडभिट्टामा हुने उद्घाटन कार्यक्रमका लागि पार्टीका शीर्ष नेता झापा आउने क्रम जारी छ । मेची काली अभियानका प्रचार प्रसार संयोजक योगेश भट्टराईका अनुसार भोलि हुने उद्घाटनमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु झापा पुगिसकेका छन् ।
विहान १० वजे हुने उद्घाटन समारोहमा अर्का नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोख्रेल लगायतका नेता पनि झापा आउने क्रममा छन ।
एमालेको पूर्वघोषित कार्यक्रम अनुसार मेची-काली अभियान सुरु हुँदैछ, भोलि काँकडभिट्टावाट अभियानको शरुवाती हुनेछ भने चैत ५ गते पश्चिम नेपालको सुर्खेतको विरेन्द्रनगरमा गएर समापन हुने छ ।
अभियानका प्रचार प्रसार संयोजक भट्टराईले एमालेको मेची-काली अभियान कुनै पार्टीप्रति द्वेष फैलाउन नभई राष्ट्रवादी एकताको लागि मात्र भएको दावी गरे । उनले झापाको काँकडभिट्टामा उद्घाटन सम्पन्न भएसँगै भोलि नै विर्तामोड र दमकमा पनि आमसभा हुने जनाए ।
सभालाई पार्टी अध्यक्ष ओलीसहित शीर्ष नेताले सम्वोधन गर्नेछन् । तराईमा पार्टीको प्रभाव विस्तारलाई समेत ध्यानमा राख्दै एमालेले अभियान सञ्चालन गर्न लागेको भट्टराईको भनाई छ ।
यस अभियानमा सबै कमिटी, जनसंगठन तथा सदस्यहरू गरी १ हजार वढी सहभागी हुनेछन् । अभियानको तयारी र व्यवस्थापनको नेतृत्व सम्बन्धित प्रदेशका प्रदेश संगठन कमिटी र मातहत जिल्ला कमिटीहरूले गर्ने एमालेले जनाएको छ ।
No comments:
Post a Comment