Friday, March 3, 2017

मधेसी मोर्चाद्वारा एमाले सचिवको १४ हजार लुटियो

नेकपा एमाले सप्तरीका सचिव शम्भू यादवलाई शुक्रबार मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरि उनी सित रहेको १४ हजार रुपैयाँ लुटेको एमाले सप्तरीले आरोप लगाएको छ । सप्तरी एमालेका अध्यक्ष गोविन्द न्यौपानेले बिज्ञप्ती जारी गरी पार्टी कार्यालय तर्फ जाँदै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला त्यसमा रहेको पार्टी दस्तावेज  र चौध हजार तीन सय नगद लुटेर लगेको आरोप लगाएका हुन् । 

सचिव शम्भू यादवको नर्घो ८ स्थित घरमा गई पत्नी इन्दू यादव लाई धम्कि दिँदै घरमा आगो लगाइदिने चेतावनी समेत दिएको समेत एमाले अध्यक्ष न्योपानेद्वारा जारी बिज्ञप्तीमा आरोप लगाइएको छ । यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादबले रकम लुटमा आफना कार्यकर्ताको संलग्नता अस्वीकार गरेका छन् । एमालेले झुठो अफवाह फैलाएको र रकम लुटने, घरमा गएर धम्क्याउने आफुहरुको कुनै योजना नभएको मोर्चा संयोजक यादवले बताए । 

एमाले सप्तरीले  कसैको आस्था माथि धावा बोल्ने, शान्तिपूर्ण गतिबिधिमाथी रोकलगाउन खोज्ने र भौतिक आक्रमण गर्ने धम्कि समेत दिने मोर्चा कार्यकर्ताको कायरतापूर्ण ब्यबहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको उल्लेख गरेको छ । बिज्ञप्तीमा बाटो छेकेर कालोमोसो दल्ने , ज्यानमार्ने धम्कि दिने र दुब्यबहार गर्ने र  नगद समेत लुटेर लाने कार्य आपराधिक कार्य भएको ठहर गर्दे यस्तो कार्य रोक्न र दोषिलाई कारवाही गर्न स्थानीय प्रशासनसाग माग गरिएको छ । 

यस अघि मोर्चाका कार्यकर्ताहरुले शुक्रवार सप्तरी सदरमुकाम राजविराजमा ब्यबस्थापीका संसदको महिला वालवालिका,जेष्ठय नागरिक तथा समाजकल्याण समितीका सभापति रन्जु झाको गाडीमा ढुंगामुढा गरेका थिए । राजधानीवाट राजविराज आई एमाले जिल्ला कार्यालय तर्फ गईरहेका बेला राजविराजको पानी टयाङ्की छेउमा उनको गाडीमा ढुंगामुढा भएको थियो , ढुंगामुढाबाट गाडीको पछाडीका लाईट फुटेको छ । शुक्रबारै बिहान मोर्चाका कार्यकर्ताहरूले एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका थिए । 

यसैबीच मोर्चाका कार्यकर्ताहरूले सदरमुकाम राजविराजमा एमालेको झण्डा जलाएको छ । एमालेले मेची महाकाली अभियान अन्तरगत फागुन २३ गते राजविराजमा सभा गर्ने तयारी गरेपछि मोर्चाका कार्यकर्ता त्यसलाई बिथोल्न सक्रिय भएको हो । 

No comments:

Post a Comment