Friday, March 3, 2017

२२ गते मोरङको विराट चोकमा आमसभा


शनिबार झापाबाट सुरु हुने मेची-काली अभियानको दोस्रो दिन आइतबार मोरङको बिराटचोकमा आमसभा हुँदैछ । एमाले मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै संविधानका पक्षधरहरुको उपस्थितिमा हुने ऐतिहासिक सभा हुने जनाएको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालका अनुसार २२ गते विहान १० बजे उर्लाबारीमा स्वागत तथा कोण सभा हुनेछ । उर्लाबारीमा मोरङ क्षेत्र नम्बर १ र ९ का जनताले अभियानमा सहभागी टोलीको स्वागत गर्नेछन् ।

त्यसपछि मोरङ क्षेत्र नम्बर २, ४ र ९ नम्बर क्षेत्रका जनताको सहभागितामा पथरी, र कानेपोखरीमा स्वागत तथा झाँकी प्रदर्शन, बेलाबारीमा क्षेत्र नम्बर ३ का जनताको सहभागितामा सांस्कृतिक कार्यक्रम हुनेछ ।

त्यसपछि मोरङको कोशी हरैचा नगरपालिका अन्तर्गत विराटचोकमा विशाल सभामा परिणत हुने एमाले मोरङ अध्यक्ष ढकालले बताए ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गर्ने सभामा सहभागी हुन मोरङ क्षेत्र नम्बर ५, ६ र ७ का जनताले विराटनगर केन्द्रबिन्दु बनाएर विहान १० बजे विभिन्न स्थानबाट र्‍याली सहित सभास्थल जाने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कोशी पश्चिमका क्षेत्रमा विषेश सुरक्षा योजना

नेकपा एमालेले तराईका जिल्ला केन्द्रित मेची-काली अभियान सञ्चालन गर्ने भएपछि तराईका जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।

अभियानलाई लक्षित गरी विषेश सुरक्षाको तयारी गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी रमेश भट्टराईले जानकारी दिए ।

‘कोशी पश्चिमका क्षेत्रमा हामी विषेश सुरक्षा व्यवस्था लागू गर्नेछौं’ उनले भने, डिआईजी भट्टराईका अनुसार सुरक्षाका दृष्टीकोणले सामान्य, सम्वेदनशील र अति सम्वेदनशील स्थानको पहिचान गरी सोही अनुसार प्रहरी परिचालन हुनेछ । उनले मधेसी मोर्चा र एमाले कार्याकर्तावीच आम्मने सामान्ने हुन नदिने रणनिति अपनाइएको बताए ।

No comments:

Post a Comment