Thursday, March 2, 2017

कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :


सुबाश घिमिरे

कोरियाले यो बर्ष लिन लागिएको आठौँ कोरियन भाषा परिक्षाको लागि उत्पादनमुलक क्षेत्रमा ३ हजार ८ सय र कृर्षि क्षेत्रका लागि ६ हजार नेपालीलाई पास गराउने योजना बनाएको छ ।” उनले भने “ बीचमा कुनै समस्या नआए सन २०१७ मा  परीक्षा दिएका मध्ये उत्कृष्ट १० हजार नेपाली रोजगारीका लागि कोरिया जान पाउने छन ।

- कारोवार ।

यो समाचार जब हेल्लो नेपाल कोरिया डटकम मा प्रकाशित भयो,तुरुन्तै केहि फेसबुक पेज र ग्रुपहरुमा सेयर गरियो लगत्तै एक खालको तरङ नै पैदा भयो ।

मानौ सानो तिनो भुईंचालो  नै गयो , धेरैले यो वाईयात ,भ्रामक र कपोकल्पित हो भन्दै नानाथरी गालि गरे,कतिपयले आंफु उत्साहि भएको र कोरियालाई धन्यवाद दिईको सुनाए , थोरैले भने यो सुन्दर सपनाले धेरैलाई बिचल्नि बनाउन सक्छ भन्दै सावधान हुन भने, म पनि मेरो काम भन्दा बाहिरको फुर्सदको समय ईपिएस कोरिया र यस संग सम्बन्धित क्षेत्रमै रहन्छु, अक्सर फेसबुकमा अनलाईन अधिकांस समय ईपिएस संग सम्बन्धित ,समस्या र चासो राख्ने साथिहरु संग कुराकानि,अन्तरकृया मा हुन्छु ,म र केही साथिहरु सम्मिलित केही फेसबुक पेज र ग्रुपमा सकृय छु त्यो क्रममा मैले पनि त्यो समाचारको कारण कतिको गालि खाएँ कतिको प्रसंशा पाए ,कतिपयलाई राम्रो जवाफ पनि फर्काएँ,कतिका सनदेस अझैपनि हेरिसक्न बांकिनै छ त्यसको लेखा जोखा नगरौं जस्ले जति सोच्न सक्यो त्यस्तै ब्याबहार देखायो त्यसमा मेरो कुनै गुनासो छैन् ।

म दाबिकासाथ भन्छु हाम्रा दाजु-भाई ,दिदि-बहिनि हरुले बुझ्न जरुरि छ म सम्मिलित पेसबुक पेज,ग्रुप र हेल्लोनेपाल कोरिया डटकम ले प्रकाशन गरेका समाचार,सुचना गलत भए प्रमाणित गरेर देखाईदिनुस् हामि सजाय भोग्न तयार छौं , माथि उल्लेखित स्थानमा प्रकाशित समाचार झुटो छैन् ,हैन् र हुँदैन पनि ।

स्मरणिय रहोस् उत्पादनमुलक क्षेत्रमा ३ हजार ८ सय र कृर्षि क्षेत्रका लागि ६ हजार नेपालीलाई पास गराउने योजना बनाएको छ । यो अनुमानित कोटा हो,यसको आसपास थोरै तलमाथि हुनसक्छ ।चैत्र नौ देखि अठ्ठार सम्म अनलाईन आवेदन दिने र जेठ सत्ताईस र अठ्ठाईसमा परिक्षा हुने कुरा सत्य हो  ।

कोरियाले दश हजार कोटा दियो भन्दैमा एकदमै उत्साहि हुनुपर्ने अवस्था पक्कै पनि छैन् किन कि 

साबिकमा साठ्ठिहजार सम्मले घण्टौ सम्म घाम पानि नभनि लाईन बसेर  आवेदन भरेका थिए यो पालि अनलाई सिस्टममा आवेदन भर्न पाईने छ त्यसो हुँदा करिब एकलाख हाराहारि आवेदन पर्ने लगभग देखिन्छ,यसको मतलभ कोटा जतिसुकै भएपनि अत्यनतै कडा प्रतिस्प्रधा गर्नुपर्ने हुन्छ,कडा पर्तिस्प्रधा हुन्छ,एउटा मात्रै कमजोरी ले नतिजा ठ्याक्कै उल्ट्याउन सक्छ त्यलैले ज्यादै संमबेदनसिल हुन जरुरि छ,समंयम हुन जरुरि छ । फेरि यसो भन्दैमा हतोत्साहि हुन पनि पर्ने अवस्था छैन् मैले त्यो अर्थ लगाउन पनि खोजेको हैन् ,यहाँ बुझ्नु पर्ने कुरा के भने कोटा जतिसुकै भएपनि नतिजा परीक्षार्थिको मेहनतमा निर्भर हुन्छ त्यसैले दश हजार कोटा होस् वा एक हजार मलाई चाहीएको एउटा कोटा हो ,म गर्छु,सक्छु भन्ने हिम्मत र आट लिएर बिना उक्सावट, समंयम र सभ्य भएर आफ्नो पढाईलाई निरन्तर्ता दिनुस् नतिजा अवस्य तपाँईकै पक्षमा आउनेछ ।

 हेल्लो नेपाल कोरिया डट कममा प्रकाशित

- See more at: http://hellonepalkorea.com/index.php?pg=detail&type=opinion&id=19511#sthash.4QEShTtG.dpuf

No comments:

Post a Comment