कोरियामा अबैधानिक तबरले बसिरहेका बिदेशी कामदारहरु सरकारले तोकेको अबधि भित्र स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्न पाउने भएका छन् l
यहाँको न्याय मन्त्रालयले एक सूचना जारि गरि अध्यागमनले तोकेको समय भित्र स्वदेश फर्किएमा कोरिया पुन प्रवेशको ढोका खुल्ला रहने बताएको छ l अध्यागमनले स्वदेश फर्किनको लागि यहि जुलाई १० तारिख देखि अक्टोबर १० तारिख सम्म ३ महिनाको समयाबधि तोकेको छ l यसभन्दा पहिला ३ बर्ष भन्दा धेरै अबैधानिक बस्नेलाइ २ बर्ष पुन प्रवेशमा निषेध गरेको थियो भने १ बर्ष देखि ३ बर्ष सम्म अबैधानिक बस्नेलाई १ बर्ष सम्म प्रवेशमा निषेध गर्दै आएको छ l
तोकेको समय भित्र स्व-इच्छाले स्वदेश फर्किएमा कोरियाको मानब संसाधन केन्द्रले तोकेको क्राइटेरिया पुरा गरि पुन प्रवेश गर्ने अबसर मिल्ने पनि जारि सुचनामा उल्लेख छ l
सन् २०१८ मा कोरियामा आयोजना हुने प्यांगचाङ्ग ओलम्पिकको सुरक्षालाइ मध्यनजर गर्दै सरकारले अबैधानिक कामदारको संख्यामा कमि ल्याउने बताएको छ l केहि महिना पहिला मात्र जेजु टापुमा रहेका अबैधानिक कामदार हरुलाई ब्यपाक धरपकड गर्ने बताएपछि ठुलो संख्यामा कामदार हरु टापु छाडेर बाहिरिएका थिए l
पछिल्लो समय कोरियामा अबैधानिक कामदारको संख्यामा बृद्दी भएको छ lसन् २०१६ सम्म कुल बिदेशी कामदारको ११.३ प्रतिशत अबैधानिक रहेको बताइएको छ l हाल कोरियामा २५ लाख बिदेशी कामदार कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ l
No comments:
Post a Comment