Monday, November 7, 2016

तरकारीवालिका सन्दर्भमा सानो टिप्पणि



सामाजिक संञ्जाल,फेसबुक,ट्विटर मा तरकारीवालि को नामले तिम्रो चर्चा ब्यापक छ यति समम्कि नेपाल मात्रै हैन दक्षिण एसियामा नै तिम्रो चर्चा छ रे जो म सुन्दैछु |
धेरै अनलाई मिडाहरुमा तिम्रो भनाई आए " अवसर पाए फिल्म खेल्छु " भन्ने यस्ले केही सोच्न बाध्य बनायो ,तिम्रो यो कुरामा आत्मबल भन्दा पनि कसैको बहकाऊ र भड्काऊ प्रस्ट संग देखिन्छ |

तिमि आंफै सोच तिमि जस्ता डोकामा तरकारी बोकेर बजार सम्म पुग्ने कति लाख नेपालि चेलि होलान् तर सिंगो देसकै एकमात्र तरकारीवालि भएकि छौ तिमि किन ? जवाफ खोज आंफै भित्र !!

तिमी नाईका भैसकेकि छौ,सेलिब्रेटि भैसकेकि छौ ,तीमि जुन पहीचानले चर्चामा आयौ,त्यो पहीचान तिमि जे थियौं त्यही नै थियो | कसैले तिम्रो अनुहार हेरेर यति राम्रि केटि पनि डोको बोक्दिरैछ भने होलान त कतिले नर्सिड़ कलेज पढ्ने केटि डेको बोक्ने ?यसले जस्तो अभिनय पनि गर्न सक्छे भने होलान , क्यामेरावाला रुपचन्द्रले के भनेर तिम्रो फोटो खिचे उनै जानुन् |

तिम्रो टेलिभिजन अन्तरबार्ता पनि सुनें त्यसमा तिम्लाई कसैले उचालेको,कसैको बहकाउमा लागै झै लाग्यो ! तीमि मेरालागि आम मानिसले चिनेकि तरकारीवालि हैनौं,अनेक कलाकर्मिले भनेझै मोडल वा नायिका भन्ने सम्भावना बेकेकि केटी पनि हैनौं ,सिर्फ तिमि अहिलेको पुस्ताकि असल,मिहिनेति र योग्य बिध्यार्थि हौ |

एउटा नर्सिड़ कलेज पढ्ने बिध्यार्थि दशै छुट्टिमा घर गएको बेला डोकामा तरकारी लिएर बजार जाने तिमि भित्रको यो पारीवारीक जिम्मेवारी बोध र कर्मलाई म हार्दिक सम्मान गर्दछु |


कुसुम, देसमा कुनै मोडलको आवस्यक्ता छैन,देसमा तिमि जस्तो कुनै सिनेमा भन्दा फरक वास्तबिक नायिका चाहीएको छ | लाखौं युवालाई निसंकोच आफ्नो काम परीवार र जिम्मेवारी प्रति आत्मसाथ गर्दै आफ्नो लक्षप्राप्तिको लागि निरन्तर संघर्ष प्रेरित गर्ने नायिका चाहीएको छ | कामले मान्छेलाई कहिल्यै सानो बनाऊँदैन, पिठ्युमा बोकेको डोकोले अनुहारको सुन्दरता कहिल्यै बिगार्दैन,निधारमा लागेको नाम्लोले कहिल्यै मानिसको भाग्य थिच्दैन,तिमि यहि सन्देसवाहक नायिका बन | 

तिमि बास्तविक जिवनकै नायिका छौ किन सिनेमाकि हिरोईन बन्न पर्यो ? तिमि आँफैमा एउटा नमुना केटी हौ,किन अरुले मोडल बनाऊन पर्यो ? 

तिमि जुन बाटोमा छौ सहि बाटोमा छौ ,अहिले तीम्रा अगाडि आएका जे जस्ता अवसर छन ति सब क्षणीक मात्र हुन ,फगत छन,ति केही पनि हैनन् | तिमि जस्ता कर्मसिल मान्छेलाई अवसरले पछ्याई रहन्छ ,चन्द्रमा ताकेर हिंड,जुनकिरिको तिरमिरे उज्यालोमा आँफुलाई भुलाऊने गल्ति नगर तिमि एक दिन वास्तविक जिवनमा सफल नारी बन्नेछौ ,नायिका बन्नेछौ,प्रेरणाकी स्रोत बन्नेछै शुभकामना  || 

No comments:

Post a Comment