Thursday, November 3, 2016

परदेशी जिवनको एउटा सत्य कथा

"परदेशी जीवन"

लामो समय को अन्तराल पछि फेसबुक मा एउटा कलेज साथी भेट भयो....अनि hy, hello, हुँदै कुराको सुरुवात भयो र कुरै कुरामा उसले मलाइ सोध्यो" अनि भन आजकल कता छस, के गर्दै छस"?
कलेज पढ्ने साथी भएको ले मलाइ खासै झुठ बोल्न मन लागेन र भने "परदेश"।।

उसले उत्सुकता जनाउदै भन्न थाल्यो" ल मुल्ला पैसा छाप्ने भैस है....बिदेश मा त खुब रमाइलो हुन्छ रे है? त्यो ठूलो ठूलो घरहरु,पूरा AC कोठाहरु, त्यो रङिन रातहरु कस्तो मज्जा होला है?

उसको उत्सुकता लाई भङ्ग गर्दै मैले भने " पैसा छाप्ने चाहिँ हैन पैसा चाहि चिन्दै छु त्यसैले आजकल खर्च भन्दा बढी बचत मा लागेको मात्र हो.. घर हरु त ठूलो छ साथी तर त्यो ठुलो घरमा बस्ने हरुको मन एकदमै सानो छ.....यहाँ का कोठा हरु को AC ले टाउको दुखाउछ अनि नेपालमा गर्मी हुदा वर पिपल को रुख को फेदमा बस्दा शरीर अनि मन नै सितल भएको भान हुन्छ...रात हरु रङिन त हुने नै भए रातभर जो जागाराम भएर काम गर्न पर्छ, नेपाल मा भए पो साझ नभै सुत्यो त्यसैले रात अन्धकार हुन्थ्यो हैन र??

मेरो यस्तो जवाफ सुनेर उसले मलाइ धन्यवाद भन्यो र अफलाइन गयो..उ एक्कासि किन गयो थाहा भएन र मैले सोधिन पनि....
तर आजकल सुन्ने गरेको छु बिदेश जान बनाएको पासपोर्ट च्यातेर जिन्दगी को नया पाना कोर्दै छ रे गाउँ घरका खेत वारि मा........................

No comments:

Post a Comment