नेपाल टेलिकमले ‘फोर जी’ सेवा सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आइतवार फोर जी सेवाको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई नेपालको विकाससँग जोड्नु नितान्त आवश्यक रहेको बताए । फोर जी सेवा युवा पुस्तासँग जोड्न नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले आपसमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
टेलिकमले आफ्ना पोष्पेड ग्राहकहरुलाई चार दिनसम्मका लागि चार जिवी डाटा निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ । *४४४# थिचेर सेवा सुचारु गर्न सकिनेछ ।
No comments:
Post a Comment