Friday, February 24, 2017

कोरिया जान अनलाई आवेदन, कतार, मलेशिया लगायत अन्य देशमा बाट पनि भर्न सकिने


वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत अव कोरिया जानका लागि ईपीएस भाषाका परीक्षार्थीले अनलाइनबाटै आवेदन फारम भर्न पाउने भएका छन्। इपिएस शाखाले कोरियास्थित मानव संशाधन विभागलाई गरेको प्रस्ताव पारित भए आगामी चैत ९ गतेदेखि अनलाइनमार्फत् फारम भर्न पाईनेछ । गत वर्ष नै अनलाइन प्रणाली विकास भइसके पनि सबै परीक्षण नसकिएकाले अघिल्लो वर्ष प्रयोग हुन नसकेको तर यसपटक प्रयोग गर्ने तयारी भएको इपिएस शाखाले जनाएको छ ।

अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनुपर्नेछ। बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम ‘सब्मिट’ गर्न सकिनेछ। साथै यो फारम भर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ।

अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन्। भाषा परिक्षाका लागि कतार, मलेशिया, युएइ तथा अन्य विदेशमा बस्ने नेपालीहरुले पनि अनलाईन मार्फत फारम भर्न सक्नेछन ।

काम गर्न कोरिया जाने क्रेज अत्यधिक बढेको छ। बर्सेनि देशभरका युवा आवेदन दिन राजधानी तथा केही प्रमुख सहरसम्म धाउनुपर्ने बाध्यता छ। आवेदक धेरै हुँदा ईपीएसलाई व्यवस्थापन गर्न निकै कठिनाई हुने गरेको छ।

विकट ग्रामीण क्षेत्रका युवा आवेदन दिन राजधानीसम्म धाउनुपर्दा समय र लागत खर्च बढेकाले ईपीएसले अनलाइन प्रणाली विकास गरी देशका जुनसुकै कुनाकाप्चाबाट पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। अनलाइन प्रणालीबाट इन्टरनेट सेवा उपलब्ध भएका जुनसुकै ठाउँमा बसेर आवेदन दिन शाखाले जानकारी गराएको छ ।

No comments:

Post a Comment