Friday, February 24, 2017

भाइबरमा थप नयाँ फिचर

चर्चित म्यासेजिङ एप भाइबरले यसै साता नयाँ फिचर सुरु गरेको छ । यो फिचर आएसँगै प्रयोगकर्ताले कसैलाई फोटो पठाउँदा पाउने व्यक्तिले कति सेकेन्डसम्म छान्न पाउँछन् भनेर अप्सन छान्न पाउने छन् । प्रयोगकर्ताले भाइबरको अबको अपडेटमा यो सुविधा पाउने कम्पनीले जानकारी दिएको छ । सेक्रेट भ्यासेज फिचरमा यो सुविधा उपलब्ध हुनेछ । 

भाइबरले यसअघि पठाइसकिएको च्याटसमेत अर्को व्यक्तिको डिभाइसबाट समेत डिलिट गर्न सक्ने सुविधा सुरु गरिसकेको छ । अहिले चल्तीका धेरै भ्यासेजिङ एपले प्रयोगकर्ताको गोपनियतालाई ध्यानमा राखेर यस्तो फिचर राख्न थालेका छन् । सुरुमा यस्तो सुविधा स्न्यापच्याटले सुरु गरेको थियो । 

गत महिनाको तथ्यांकअनुसार भाइबरको कूल प्रयोगकर्ता आठ सय मिलियन छन् ।

No comments:

Post a Comment