Monday, February 27, 2017

आठौँ कोरियन भाषा परीक्षाको तालिका :


२०१७ मा हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखी १८ गतेसम्म १० दिन हुने छ । यसरी नै परीक्षा भने जेठ २७ र २८ मा हुने छ । यस बर्षको परीक्षा आवेदन अनलाईन प्रणालीबाट लिने ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले  बताए ।

“हाम्रो अनुरोधमा कोरियाले यो बर्षका लागि उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृर्षि क्षेत्रका लागि ६ हजार २ सय  नेपालीलाई पास गराउने योजना बनाएको छ ।” उनले भने “ बीचमा कुनै समस्या नआए सन २०१७ मा  परीक्षा दिएका मध्ये उत्कृष्ट १० हजार नेपाली रोजगारीका लागि कोरिया जान पाउने छन

आठौँ कोरियन भाषा परीक्षाको तालिका :

१.आधिकारिक सुचना प्रकाशन : फागुन २४ गते ।
२. आवेदन दिने : चैत्र ९ देखि १८ सम्म ।
३. आवेदन दिने स्थान : अनलाईन मार्फत स्वदेश बिदेश जहाँ बाट पनि आवेदन फारम भर्न सकिने ।

४. अनुमानित कोटा :
  * उत्पादनमुलक क्षेत्र : ४००० ।-
   * कृषि तथा पशुपालन क्षेत्र : ६२००।-

६. परिक्षा मिति : जेठ २७ र २८ मा ।

७. नजिता प्रकाशन :  असार १६ गते ।


No comments:

Post a Comment