कोरियामा अबैधानिक कामदारको संख्या बढ्दो रहेको एक सरकारी तथ्यांकले देखाएको छ l न्याय मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांक अनुसार गत जनवरीको अन्त्यसम्म दुइ लाख एघार हजार तीन सय बीस जना बिदेशी कामदार अबैधानिक छन l यो संख्या कोरियामा कुल बिदेशी कामदारको १०. ५ प्रतिशत हो भने गत डिसेम्बरको तुलनामा १.१ प्रतिशतले बढेको छ l
सन् २००७ मा सबैभन्दा धेरै दुइ लाख तेइस हजार चार सय चौसठ्ठी को संख्यामा अबैधानिक बिदेशी कामदार रहेकोमा यो संख्या घटेर सन् २००९ मा एकलाख सतहत्तर हजार नौ सय पचपन्न मा झरेको थियो l त्यस्तै सन् २०१४ मा आइपुग्दा यो संख्या करिब २ लाखको हाराहारीमा पुगेको तथ्यांकले देखाएको छ l सन् २०१६मा भने अबैधानिक बिदेशी कामदारको संख्या १०.२ प्रतिशत रहेको थियो l
गत महिना सम्मको तथ्यांक अनुसार कोरियामा सबै भन्दा धेरै ५०.८ प्रतिशत चिनिया कामदार छन् भने दोस्रो मा ७.४ प्रतिशत भियतनामी तथा तेस्रोमा अमेरिकन को संख्या ६.८ प्रतिशत छ l
No comments:
Post a Comment