रात; निदाउनेहरुका लागि हो
आँसु; रुनेहरुका लागि हो
विश्राम; थाक्नेहरुका लागि हो ।
जिब्रो; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो ।
कालो रात हैन उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन सफा मन चाहन्छु म
पराजित मृत्यु हैन संघर्षशील जीवन चाहन्छु म ।
किनकी जिवन जाग्नेहरुका लागि हो,
दिन खुसी हुनेहरुका लागि हो,
हाँसो हिँड्नेहरुका लागि हो,
पाइला पौरख गर्नेहरुका लागि हो,
पाखुरी खुल्नेहरुका लागि हो,
मन जुध्नेहरुका लागि हो, जीवन ।
Subash Ghimire
No comments:
Post a Comment