Friday, March 10, 2017

सुनसरीमा अर्को ठाउँमा पनि बर्डफ्लु भेटियो





इटहरी

फाल्गुन २७, २०७३- इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारमा रहेको पाथीभरा पोल्टी फार्ममा रहेका ६ हजार ५ सय कुखुरामा बर्डफ्लुको एच–१ एन–१ भाइरस देखिएपछि जिल्ला पशुसेवा कार्यालय र क्षेत्रीय पशु सेवा निर्देशनालयले खुकुरा मारेर पुर्ने काम सुरु गरेका छन् । 

तीन दिन अघि  इटहरी उपमहानगरपालिका वडा नम्बर २ को तालतलैयाको बालउद्यान भित्र रहेको चिडियाघरमा बर्डफ्लु भएको पत्ता लागेको थियो । त्यहा संरक्षित गरिएका २२ प्रजातीका चरा मरेका थिए । साता अघि मरेका कुखराको सेम्पल परीक्षणको लागि क्षेत्रीय प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । 

जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिवनाथ महतोका अनुसार एक साताअघि पठाइएको सेम्पल परीक्षणबाट वर्डफ्लु नै हो भन्ने यकिन भएको पत्र बिहीबार बेलुका आठ बजे इमेल मार्फत आएपछि तत्काले बाकी रहेका तीन हजार कुखुरा मार्न सुरु गरिएको हो । लेयर्स फार्म भन्दा ५ सय मिटर वरपरको क्षेत्रलाई प्रभावित क्षेत्र मानेर स्थानियका कुखरासमेत मार्न थालिएको छ । 

No comments:

Post a Comment