Friday, March 10, 2017

कोरियाली राष्ट्रपति सत्ताच्यूत

मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु


दक्षिण कोरियाको संबैधानिक अदालतले आज ऐतिहासिक फैसला गर्दै राष्ट्रपति पार्क गून्ह्येलाई पदच्यूत गरेको छ । भ्रष्टाचार प्रकरण सार्वजानिक भएको करिब तीन महिना पछि अदालतले पार्क माथि लागेको महाअभियोगलाई पदच्यूतको फैसला गरेको हो । भ्रष्टाचार प्रकरण पछि पार्क विरुद्ध संसद टेबल गरिएको महाअभियोगको प्रस्ताव भारी मतले अनुमोदन गरेको थियो । अदालतले महाअभियोलाई सदर गर्दै आज ऐतिहासिक फैसला गरेको हो । अदालती फैसलाको राष्ट्रिय मिडियाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । अदालतको मुख्य इजलास कक्षबाट कार्यबाहक प्रधानन्याधिश लि जङ मीले राष्ट्रपति पार्कलाई पदच्यूत गरिएको घोषणा गरेका थिए ।

भ्रष्टाचार काण्डमा मुछिएर अपदस्थ हुने पार्क पहिलो निर्वाचित कोरियाली राष्ट्रपति समेत भएकी छिन् । उनको भ्रष्टाचार प्रकरणले मुलुक नै स्तब्ध भएको थियो भने उनि माथि घृणाको नजरले यहाँका जनताले हेर्ने गरेका छन् । 

राष्ट्रपति पदच्यूत भएपछि अव दुइ महिना भित्र राष्ट्रपति पदका लागि निर्वाचन हुने भएको छ । निर्वाचन मेको नौ तारिख हुने सम्भावना छ । अदालती फैसलामा पार्कले पदको व्यापक दुरुपयोग गर्दै निकट मित्र छो सून सिललाई अनाधिकृतरुपमा भ्रष्टाचार गर्न सहयोग गरेको भनेको छ । छोले पार्कको कार्यकाल भरी नै उनलाई प्रभाव पारेर व्यापक भ्रष्टाचार र अनियमिता गरेको पनि अदालतले बताएको छ । पार्कको पदिय दुरुपयोगले जनताको विश्वासमा कुठराघात गर्नुका साथै विधिको शासनमा पनि धावा बोल्ने काम भएको तर्क पनि अदालतले गरेको छ ।

यसैबीच अदालतको फैसलाको अपदस्त राष्ट्रपति पार्कले केहि टिप्पणी गरेकी छैन् भने उनको लिर्बटी कोरिया पार्टीले अदालती निर्णय स्वीकार गरेको छ । उसले पार्कका कारण जनताको मत जित्नबाट असफल भएको भन्दै क्षमायाचना गरेको छ ।

यसैगरी अदालती फैसला पछि राजधानी सोलस्थित अदालत परिसरबाहिरको स्थिति तनाबपुर्ण भएको छ । पार्क विरुद्धको अदालती फैसलापछि दुइ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । भने अदालत बाहिर पार्कका समर्थक र विरोधीले नाराबाजी गरेका छन् । स्थिति हिंसात्मक बन्न सक्ने आकलनबीच त्यहाँको सुरक्षा व्यावश्था कडा पारिएको छ । 

बर्खास्त पछि पार्कले पुर्व राष्ट्रपतिको हैसियतले पाउने सम्पुर्ण सेवा सुविधा पनि गुमाएकी छिन् भने अब उनलाई सर्वसाधारण सरह उनि माथि लागेका अपराधको छानबीन र कारबाही समेत भोग्ने छिन् ।

No comments:

Post a Comment