Friday, March 3, 2017

एमालेको मेची-महाकाली अभियान सुरु

एमालेको मेची-महाकाली अभियान सुरु [फोटोफिचर]

एमालेको मेची-महाकाली अभियान 

 काँकडभिट्टा

फाल्गुन २१, २०७३- नेकपा एमालेले सुखानी सहिद स्मृति दिवसको अवसर शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले सीमान्त सहर काँकडभिट्टाबाट अभियान सुरु गरे ।

ओलीले संविधान संशोधन मुलुकको हितविपरीत भएको भन्दै संशोधन पारित हुन नदिने जिकिर गरे । सयौं कार्यकर्तामाँझ ओलीले राष्ट्रिय एकता, सामाजिक सदभावका लागि अभियान सुरु गरिएको बताए । उनले भूगोल जात र मधेस, पहाडका नाममा जनतामा भ्रम फिजाउने काम भएको भन्दै त्यसलाई चिर्न अभियान आवश्यक भएको बताए ।

अभियान शुभारम्भ समारोहमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, नेता भीम रावल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, अमृतकुमार बोहरा, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतका दर्जनौं नेता तथा कार्यकर्ता सहभागी थिए ।  १५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ ।

No comments:

Post a Comment