Friday, April 28, 2017

मात्र तिम्रो लागी

लेखेको छु एउटा गजल मात्र तिम्रा लागी। 
लेख्दा नयन भए सजल मात्र तिम्रा लागी। 
मैले त भोगेको छु झुपडीका ब्यथाहरु,
यहाँका सारा महल मात्र तिम्रा लागी। 
सिउँडी र तितेपाती मेरा सहयात्री हुँदा,
पोखरीका सुन्दर कमल मात्र तिम्रा लागी। 
पुरा होलान् या नहोलान् मनका चाहहरु,
रबी छुने मेरो रहर मात्र तिम्रा लागी। 
आऊ राज गर यो दिल खाली छ,
मन भित्रको सिंगो शहर मात्र तिम्रा लागी। 
नभन्नु ‘ सुबास’ ले साहित्यको उत्थान गर्‍यो,
कनी कुथी लेख्ने पहल मात्र तिम्रा लागी।

No comments:

Post a Comment