Monday, June 19, 2017

कोरिया पुन: प्रवेश सम्बन्धि नियम परिबर्तन

 


कोरियाको मानब संसाधन केन्द्रले पुन प्रवेश सम्बन्धि नियम परिबर्तन गरेको छ l गत जुन ७ तारिख देखि लागु भएको उक्त नियमानुसार इपिएस मार्फत कोरिया प्रवेश गरि एकै कम्पनिमा काम गरेका कामदारले आफ्नो भिषा अबधि समाप्त हुनु भन्दा ९० दिन अगाडी नै पुन प्रवेश सम्झौता लिन पाउने भएका छन् l

 कोरियाको मानब संसाधन केन्द्र (एच आर डी) बाट प्रकाशित सुचना अनुसार ५०जना  जना भन्दा कम कोरियन कामदार भएका कम्पनिमा कम्पनि परिबर्तन नगरेको कामदारले उक्त सुबिधा लिन पाउने छन् l यसभन्दा पहिला भिषा समाप्त हुनुभन्दा ७ दीन देखि बढीमा ३० दिन अघि मात्र पुन प्रवेश गर्ने सम्झौता प्राप्त गर्न सक्ने नियम थियो l

यो सुबिधा संगै बिसेष कारणबस आफ्नो ४ बर्ष १० महिनाको भिषा समाप्त हुनु भन्दा केहि छिटो  फर्किनु पर्ने  अबश्था आएमा भिषा  सकिनु भन्दा ९० दिन पहिलानै पुन आउने सम्झौता गरि स्वदेश  फर्किन मिल्ने भएको छ l कम्पनीको  कारण नभई आफ्नै कारणले कम्पनि परिबर्तन गर्नेहरुको लागि भने यो नियम लागु नहुने समेत बताइएको छ l यदि कम्पनीको कारण परिबर्तन गरेको कामदारले पुनः प्रवेश सम्झौता लिनाको लागि पछिल्लो कम्पनीमा कम्तिमा पनि १ बर्ष काम गरेको हुनु पर्ने छ l

हाल दक्षिण कोरियाले इपिएस मार्फत १७ देशका कामदार लिदै आइरहेको l यसरि इपिएस मार्फत आएका कामदारको भिषा अबधि ४० बर्ष १० महिना हुने गर्दछ l यदि कम्पनि परिबर्तन नगरी एकै कम्पनीमा पुरा अबधि काम काम गर्ने कामदारलाइ जेहेन्दार कामदारको रुपामा कम्पनीले चाहेमा पुन ४० बर्ष १० महिनाको भिषा दिने नियम छ l यदि कामदारले आफ्नै कारणले कम्पनि परिबर्तन गरेमा कम्पुटर बेस  सिबिटी परिक्षा पास गरि  पुनः कोरिया प्रवेश गर्न पाउछन l हाल नेपालको लागि भने सिबिटी परिक्षा स्थगित गरेको छ l

No comments:

Post a Comment