Monday, June 19, 2017

कोरियामा शर्ट मुभि सोच सार्वजनिक



कोरियामा पि वाई म्युजिकले आफ्नो युट्युव च्यानल मार्फत शर्ट मुभि सोच सार्वजनिक गरेको छ । दक्षिण कोरिया आउने नेपाली कामदारहरुमा पारिवारिक तनावले के कस्ता सोचहरु आउछन भन्ने कुरा उक्त शर्ट मुभिमा देखाउन खोजिएको छ । 

कोरियामा नेपालीहरुको मृत्युका खवरले मानिसमा एक किसिमको भय पैदा भइरहेका बेला त्यसलाई केहि हद सम्म भएपनि मनोरोन्जन तथा सकारात्मक सन्देश दिन आफूहरुले उक्त शर्ट मुभि निर्माण गरेको निर्देशक पेन्जी योङले बताए । 

शर्ट मुभिमा विभिन्न नेपाली गीतहरुमा मोडलिङ गरिसकेका विरेन नेपालीको मुख्य अभिनय रहेको छ । मुभिको कथा नरेन्द्र थापा मगरले लेखेका हुन ।

शर्ट मुभि सोचहेर्न यहाँ क्लिक गर्नुस 

https://www.youtube.com/channel/UCRmUz1rnsTVQRkfwfG6CMYg


No comments:

Post a Comment