इटहरी: इटहरीस्थित पशुपति हस्पिटलका सञ्चालक पशुपति चौधरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा गर्भपतन गराएको अभियोगमा चौधरीसहित अवैध गर्भपतन गराउन डा. बालकृष्ण शाह र गर्भपतन गराउन सुनसरी खनारकी एक महिलालाई नियन्त्रणमा लिएको हो ।
नक्कली सर्टिफिकेट भएको आरोपमा केही महिना अघि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार आइतबार ती महिलाले गर्भपतन गराएकी थिइन् । गर्भपतन गराउँदा गराउँदै उनलाई समस्या भएपछि धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको थियो ।
पशुपति हस्पिटलले सुरक्षित गर्भपतनको लागि निवेदन दिए पनि अहिलेसम्म स्वीकृती भने पाएको छैन । सुनसरीमा १५ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनको स्वीकृति पाएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
No comments:
Post a Comment