काठमाडौं, असार ७ – सर्वोच्च अदालतले सुडान घोटालामा भ्रष्टाचारी ठहर गरेका नेपाल प्रहरीका दुई पूर्वआइजिपीसहित चार जना जेल चलान भएका छन । पूर्वआईजिपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआइजिपी दीपकसिंह थाङ्देन र पूर्वडीआइजी दीपक श्रेष्ठलाई बुधबार डिल्लीबजार कारागार चलान गरिएको हो । उनीहरुले बुधबार दिउँसो सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरुलाई अदालतको आदेश बमोजिम नै जेल चलान गरिएको हो । सर्वोच्चमा आत्मसमर्पण गरेकोले उनीहरुलाई तोकिएको कैदको २० प्रतिशत मिनाहा हुने सर्वाेच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
कैद मिनाहा हुने आसामा नै उनीहरुले आत्मसमणर्पण गरेको उहाँले बताउनुभयो । सुडान काण्डमा घोटाला गरेको भन्दै सर्वोच्च अदालतले बैशाख १७ गते ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ, हेम बहादुर गुरुङ्गलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ, दीपक श्रेष्ठलाई ६ महिना कैद र ३० हजार रुपैयाँ तथा दीपकसिंह छयाङदेनलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
No comments:
Post a Comment