अर्जुन अधिकारी दक्षिण कोरिया/
पृथ्वी गोलो छ । युगौँयुग एउटै गतिमा घुमिरहेको छ । त्यही पृथ्वीमा बस्ने मानिस यस्को अभिन्न तत्व हो । मानिस सामाजिक प्राणी पनि हो । समाजमा बसेर अरुलाई सहयोग र सेवा
पुर्याउने चेतनशील प्राणी मानिस हो । तर ,यस पृथ्वीमा जन्मेका सवै प्राणी मानिस त हुन तर वास्तविक कदाचित होइनन् । अर्थात अरुलाई सहयोग गर्नु र के गर्न हुन्छ के गर्न हुदैन भन्नृ बानी विल्कुल जनावरसँग मेल खान्छ ।
व्यस्त सहर,आधुनिकताले हरेक मानिस स्वास्र्थी बनिरहेको छ । स्वार्थी अर्थात आफ्नो मात्रै दुनो सोझ्याउने सके अरुको धुत्ने । पृथ्वीको २१ औँ शताव्दीको सेकेण्ड लास्टको घण्टी बजिसकेकोे छ । अव लास्ट पिरियड सुरु हुँदा सवै अस्तव्यस्तताले नजिर बसिसकेको छ ।
मानिस,समय र पृथ्वी मिलेर बनेको ओदान हो । नेपाली साँच्चीकै भन्नुपर्दा आफ्नो देश र राष्ट्रियताको रक्षाको खातिर सधै रगतको बलिदान गर्न तयार हुन्छन । देशमा मात्रै होइन, प्रदेशमा रहदाँ आफ्नो देशको स्वाभिमान खरिद बिक्रि भएको हेर्न पटक्कै रुचाउँदैनन । बरु बलबुताले भ्याएसम्म सहयोग गर्छन । विकसित र एउटा व्यस्त सहर थेगु अर्थात कोरियाको सहर ।
एउटा कोठामा के—के सोच्दै एउटा मान्छे आफ्नो निजी तर अस्थायी निवासमा पल्टिरहेको छ । पैसा टिप्ने बडेमानका सपनाका चाङहरु बटुली मरी मेटी भाषा सिकेर त्यहाँ पुग्ने सवै नेपालीलाई सजिलो त छदैँ छैन । पैसा भनेपछि महादेवका तीन नेत्र खुल्छन भने झै जति हामी पैसा कमाएर भनी कल्पिन्छौ त्यत्तिनै रिस्क र हार्ड अवश्य छ । धेरै काम नपाएर दुख पाएका छन । कोही बाकसमा फर्किरहेका छन । तर, लामो समय सम्म कोरियामा रहेर नेपालीको हितमा काम गर्ने एउटा चम्किलो नक्षत्र हुन हेटौडाका चन्द्र लामा अनुराग । धेरै पहिला कोरिया सहरमा पाईला राखेका उनले लामा अनुरागले यस्तै यस्तै सोच्दै काल्पनिक दहमा डुविरहेका छन । उनको कोठामा विजुली बलिरहेको छ । एसी चालु छ । झन्डै कोरियाको पौने ९ बजेको छ । ड्युटी सकाएर चन्द्र आफ्नो अघि नै फर्किसकेका छन । ड्युटी अन्य नेपालीहरुको भन्दा अल्लि भिन्न छ । अर्थात अरुले पैसा कमाउन खोज्छन उनी अरुलाई पैसा कमाउने बातावरण सिर्जना गर्दछन । उनी थेगु सहरमा ह्युमन राईट्््समा कार्यरत छन । उनी कोरिया पुगेको धेरै बर्ष भयो । मानौ आफ्नो लागि अथवा व्यक्तिगत हितको लागी श्रम गरेको भए अरबौ कमाउँथे तर नकमाएर पछि परेका छैनन । आफ्नो नाम र दाम दुवै । उमेर ३४ नाँघे उनले । नेपालीलाई जहाँ जतिवेला नेपाली नाम उच्चारण हुनासाथ सहयोगी र मनकारी थिए उनी । नेपाली होस् वा कोरियाली नागरिक होस् एउटा मानवीय भावनात्मक नाताले सहयोग गरेको एक छिन छैन एक पल छैन । उनले मानव अधिकार क्षेत्रमा कोरिया आएर तातेताते गर्दै केश फुल्न थाल्दा सम्म उनी निरन्तर कोरियामा पुगेर दुख पाएका नेपालीहरु छन भनि उनले तत्काल उद्दार गरेर पहल गर्थे । धन नभएर भोकै बस्नेहरुलाई धन सहयोग गर्थे र जागीरको चाँजोपाँजो मिलाइदिन्थे ।
यस अर्थमा उनी नेपालिको सच्चा भगवान थिए । टुहुरा बालबालिकाका लागि जिम्मेवार अभिभावक थिए । कोरिया पुगेर कुनै र कोही नेपालीलाई दुख पाउन नपरोस भनेर सामाजिक काममा लागेको उनको भनाई छ । नरम र दयालु भावनाका चन्द्र साँच्चीकै अध्यारो रातको यात्रामा रुमल्लिएका व्यक्तिका लागि पूर्णिमाको जुन हुन । साँच्चीकै नाम जस्तै चन्द्र हुन उनी । उनी कोरियाको प्रत्येक सहरमा नेपालीले दुख पाएका खवर सुन्नासाथ तुरुन्त पौचिन्थे । मानौ भरखर काटेको आँलो घाउँमा मलम पट्टी बनेर बानिदिन्थे । उनी ५ बर्ष भयो सामाजिक कार्यमा क्रियाशील रहे । लामो समय मानवअधिकारका क्षेत्रमा खर्चेका उनी दुखीको नेपाली एउटा जुन हुन । छोए लजाउने लज्जावती होईनन । फक्रेको कमल फुलको अनुराग हुन । उनी साहित्य क्षेत्रमा रुची राख्दथे । संगितमा २ बर्ष बिताए ।
उनले साहित्य भनेपछि फुरुङग हुन्थे । नेपालमै बसेर केह ीगर्ने योजना नभएर प्रदेशिएका होइनन् । उनी बाध्यता र विवशताको नफुक्ने बलियो गाँठो परेपछि फुकाउने साहस बटुलेर त्यहाँ पुगेका हुन । उनी सामान्य परिवारमा जन्मेका हुन । तर, कोरिया र नेपाल कुनै फरक छैन उनलाई । किनकी उनले कोरियामा सबै नेपालीलाई गर्ने सहयोग पन्छाएका बिल्कुल छैनन । यद्यपी मानवअधिकार हनन हुने खालका जुनसुकै क्रियाकलाप विरुद्ध उनी निरन्तर जुँधेर संघर्ष गर्दथे ।
नोदोङवु इमिग्रेसन विषयमा एकताका उनले नेपाली न्याय दिलाएरै छाडे । कोरियाको सान्जे हस्पिटलमा कुटपिट मामिलामा उनले नेपालीको रक्षा गरे । इन्सोरेन्स थेजिकममा समेत नेपालीको विमा सम्वन्धि विषय तथा मुद्धामा उनले न्यायिक र छानविन गरेका थिए । उनले थुप्रै नेपालीलाई कोरियामा हुने समस्या र दुखको पोखरीमा रहेकालाई जमिनमा उतारेका थिए । सवैको नजरमा उनी एक सच्चा नेपाली हुन तर आँखामा राखेर नबिझाउने उनको स्वभावको सवैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन ।
No comments:
Post a Comment