Wednesday, August 23, 2017

कोरियाबाट बैंकिङ् च्यानलबाट रकम नपठाए श्रम स्वीकृत नपाइने


निकुञ्ज तिवारी

बैंकमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत नपाइने अथवा कोरिया जान नपाइने इपिएस शाखाले निकालेको सुचनाको दक्षिण कोरियामा कार्यरत नेपालीहरुले आलोचना गरेका छन् । अर्थमन्त्रालयको बाध्यात्मक निर्णय भनिएको उक्त नियमले यहाँ कार्यरत नेपालीहरु चिन्तित भएका छन् ।

‘बैंकिङ च्यानलको सहजता विना कसरी रकम रेमिट गर्ने ?’ राजधानी सउलबाट करिब चारसय किमी दक्षिण नोनसानको ग्रामीण भेगमा कार्यरत विराटनगरका काशीराम अर्यालले झर्कदै भने ‘भन्दाभन्दै विदा मिल्दैन । विदा मिलेपनि शनिबार वा आइतबार मात्र । सार्वजनिक विदाको दिन कहाँ गएर रकम रेमिट गर्ने ? यहाँबाट कोरियाकै बैंक पुग्न दुई घण्टा लाग्छ भने नेपाली प्रतिनिधि भएको बैंक जान दुई दिन । अव मैले कसरी बैंकबाट पैसा पठाउने ?’ 

उनी प्रतिनिधि पात्र मात्र हुन् । दक्षिण कोरियामा कार्यरत अधिकांश नेपालीहरु ग्रामीण क्षेत्रमा कार्यरत छन् । अझै कृषि क्षेत्रमा कार्यरतले महिनामा एक वा दुई दिन मात्र विदा पाउँछन् । शनिबार वा आइतबारको विदामा बैंकमा गई रकम रेमिट गर्न सजिलो छैन । ‘बरु फेरि कोरिया आउन नपाए आउदिन तर मेरो लागि बैंकिङ्माध्ययम सजिलो छैन ।’ उनले भने ।
नेपाल सरकारले बैदेशीक कामदारका लािग बैकिङ माध्ययम सहज तुल्याउन सकेमा अवैधानिक हुण्डी कारोबार स्वतः घट्ने नेपालीहरु बताउँछन् । 

धादिङ्गका कृष्णबहादुर नेपाली कोरिया आएको चौध महिना भयो । सुरुका केही महिना उनले हुण्डी मार्फत नेपाल पैसा पठाए । कोरियामा गाह्रो–साह्रो गर्दै आर्जन गरेको पैसा यसरी पठाउदा विचौलियाले खाइदिने डरले उनि हुण्डी छोडेर बैंक तर्फ लागे । 
खेन्गिदो ख्वान्जुको एक कम्पनीमा कार्यरत उनले सउलमा रहेको कोरियन एक्सचेन्ज बैंक (केइबी) मार्फत नेपालमा कारोबार गरिरहेको नविल बैकमा पैसा पठाए । इवैंकिङको पहुचमा नपुगेका उनले पठाएको रकम नेपाल पुग्यो की पुगेन भन्नेमा दुविधा रहने गरेको गुनासो पोखे । 

‘नेपालमा बैकमा फोन गरि सोध्नुपर्ने, तैपनि, वैंकका कर्मचारीलै सिदा नबताइदिने ।’ उनले नरमाईलो तरिकाले भने ‘आफ्नै खाता हो भन्दा पनि कर्मचारी झर्को मान्छन् । त्यसैले म हुण्डीमै फर्केको छु । पैसा पनि सजिलै पठाउन पाइने र नेपालमा लिदा पनि सजिलो ।’
उनकै शब्दमा भन्नुपर्दा हुण्डीमा भन्दा बैंकमा महङ्गो छ । झण्झट पनि दुईतिरै लिइने ट्याक्सका कारण एक लाख पठाउँदा पाँच देखि दश हजारसम्म फरक पर्छ । नेपाल पैसा पठाउन महङ्गो भएपनि बैंकिङ कारोबार भरपर्दो र विश्वाशिलोे तर सबैको लागि सहज नरहेको बुझाइ छ ।

सुवनस्थित ग्याँस कम्पनीमाकार्यरत कास्कीका रामेश्वर अघिकारी बैंकिङमाध्ययमको बारेमा अनभिज्ञ रहेको बताउछन् । समयको अभावका साथै बैंकले दिने सेवाको बारेमाउचित परामर्श नपाउदा उनिजस्तै हजारौ जनाले अवैधानिक हुण्डी कारोबार गर्न बाध्य छन् । उनि भन्छन् ‘परिवारको मात्र नभई मुलुकको आर्थिक हितकालागि परदेशीएका हामी ब्यक्तिलाई धनिबनाइरहेका छौ ।’
नेपाल रेमिट गर्नकालागि बैंकको शुल्कमहङगो भएकै कारण हुण्डीको प्रयोग गर्ने गरेको बताउछन् चितवनका सुवाश शर्मा । ‘बैंक र हुण्डीको दररेटमा धैरै फरक पर्छ, त्यसैले हाम्रो कम्पनीमा सबै साथीहरु बैंकिङमाध्ययममा सहभागि छैनौं’ उनले भने । 
यहाँबाट रकम रेमिट गर्नकालागि नेपाल सरकार र श्रमिक रेमिट कम्पनीहरु सक्षमनदेखिएकाकारण करोडौ रुपैयाँभूमिगत बाटो हुँदै नेपालपुग्ने गरेको छ ।
प्रवासीएका युवाहरुले भित्राउने विपेषण ‘रेमिट’ले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याइरहेको बेला इपिएस मार्फत आएका अधिकांशयुवाहरु भने अवैधानिक रुपमा रकम स्वदेश पठाइरहेको छन् । 
अवैधानिक बाटो प्रयोग गर्दा सर्टटर्म फाइदा भएपनि लङटर्म नहुनेप्रति स्वयम् कामदारहरु बताउँछन् ।
हिजोआज कोरियाका मुख्यमुख्य शहरमा केही नेपाली बैंकहरुले कोरियाका बैंकसग सहकार्य गरी रेमिट पठाउने कार्य गरिरहेका छन् । तर पनि बैंकिङ च्यानल महङ्गो र झण्झटिलो मान्ने कारण प्राय हुण्डीमै लागिपरेका छन् ।
बैक हरेक कामदारसमक्ष पुग्न नसक्दा खासै रेमिट्यान्स फलो हुन नसकेको हो । कोरियाको राजधानी वरपर कार्यरत कामदारका लागि बैंकिङ माध्ययम सहज भएपनि अन्य भु–भागमा कार्यरत कामदारका लागि यो माध्ययम सहज छैन ।
कोरियाका केहि बैंकले रोजगार अनुमती प्रणाली (ईपिएस) मार्फत आउनेलाई रेमिटेन्सकालागि बंैक खाता ‘ईजीवान’उपलब्ध गराएको छन् । यो माध्ययम् सजिलो भएपनिजनचेतना र प्रचारप्रसारको अभावमा सबैलाई समेट्न नसकिएको बैंक प्रतिनिधिको भनाई छ । 

कोरियाबाट नेबिल, सिद्वार्थ, ग्लोबल आईएमई, हिमालय, एभरेष्टर राष्ट्रिय बाणिज्य बैंक, माछापुच्रे, सानीमा लगायतका बैकंमा रकम पठाउन सकिने व्यवस्था छ । तर यो माध्ययम भने सबैका लागि सहज नरहेको कामदारहरुको गुनासो छ ।
सन् २००८ देखि इपिएस सिस्टम लागुभएयता हालसम्म ५० हजारको हाराहारीमा कोरियामा नेपालीहरु कार्यरत छन् । उनिहरुले आर्जन गरेको मध्य निकै न्युन रकम वैंक मार्फत रेमिट हुने गरेको पाइएको छ 

                                 *हेल्लो नेपाल कोरिया बाट।

No comments:

Post a Comment