Tuesday, October 24, 2017

चौथो चरणको Issues सम्बन्धि जानकारी

ईपिएस कोरियाको चौंथो चरण अर्थात २०१७ को अन्तिम चरणको कामदार छनोटको तालिका निम्नानुसार छ



रोजगार अनुमति जारी हुने क्षेत्रहरु:

* उत्पादनमुलक क्षेत्र ( Manufacturing )
* मत्क्षपालन क्षेत्र ( Phishing )

अनुमानित कोटा

* Manufacturing : 9100
* Phishing :  500

कामदार लिन ईच्छुक कम्पनिबाट आवेदन माग :    September 25 देखि October 16 सम्म।

प्राप्त आवेदन उपर छानबिन गरि योग्य कम्पनिहरुको नामवलि प्रकाशन : October 27 मा हुनेछ।

छनोट भएका कम्पनिहरुले कामदार छनोट को लागि रोस्टरमा रहेका कामदार हरुको नामवलि 27 October पछि प्राप्त गर्नेछन् । प्राप्त कामदार रोस्टबाट कामदार छनोट गरी रोजगार अनुमति पत्र जारी :
( Employment Permit Issues )
मत्क्षपालन तर्फ : ( Phishing )
तिन दिन सम्म हुनेछ : October 30,31 र November 1 मा हुनेछ ।

उत्पादनमुलक क्षेत्र :
( Manufacturing ) तर्फ : 4 दिन
November 2,3 र 6,7 मा हुनेछ।

माथि उल्लेखित समय मा पुर्बनिर्धारीत कोटा अनुरुप कामदार छनोट पुरा नभएको खण्डमा
Additional Issues November 14 र 15 मा हुनेछ।






यो चरणमा Agricultural को Issue हुनेछैन्।
यो चरणको Issues मा नपर्ने ब्यक्तिहरुको 2018 January अन्त्य तिर Re medical र Re Registration फारम भर्नुपर्नेछ र रोस्टरमा प्रतिक्षा समय १ बर्ष थप गर्नु पर्नेछ, यदि त्यो समयमा पनि रोजगार प्राप्त नभए पुन: भाषा परिक्षा दिनुपर्नेछ नत्र कोरिया जान पाईने छैन्, अहिलेको तथ्याङ्क र रोजगारदाताको छनोटको आधार हेर्दा लगभग सतप्रतिसत नेपालिहरु कोरिया जाने सम्भावना छ ।
यद्धयपी ईपिएस परिक्षा पास गर्नु कोरियामा रोजगारीको लागि आवेदन गर्न योग्य हुनु हो सतप्रतिसत रोजगारको ग्यारेन्टि भने हैन्।



ईपिएस सम्बन्धि कुनै समस्या,जिज्ञाशा भए
Office 01-5185349
Helpline : 9815376824 मा सम्पर्क गर्न सक्नुहुनेछ।

No comments:

Post a Comment