Saturday, February 11, 2017

रोजगार अनुमति पत्र जारी ( ईस्यु ) पस्चातका केही चरणहरु बारे जानकारी :

सुबाश घिमिरे 
ईपिएस कोरीयन भाषा पास गरेपछि केही चरणहरु र आफुले गर्नुपर्ने कामका बारे तपाँईहरुलाई जानकारी गराऊन गईरहेका छौँ 


 रोजगार अनुमति पत्र जारी (ssue ) पस्चात धेरै साथिहरुको प्रस्न यो आयो :

Issue पछि हामिले के गर्नु पर्छ ? 
ईपिएस अफिस कहिले जानुपर्छ ?

Answer : Employment Issue हुनेबित्तिकै तत्काल केहि Action लिई हाल्नु पर्दैन् ।


Employment Issue ( रोजगार अनूमति पत्र जारी ) भनेको तपांईलाई कुनै कम्पनिले कामदारको रुममा बोलाऊन सम्बन्धित निकायबाट स्विकृत वा अनूमति लिएको अवस्था हो , सामान्यतया रोजगार अनूमति पत्र जारी भएको एक हप्ता देखि दुई महिना भित्र लेवर कन्ट्राक आऊँछ ( यद्धपि लेवर कन्ट्राक कति कमयमा पठाऊने सम्बन्धित कम्पनिको आवस्यक्ता मा निर्भर हुन्छ,उस्को निर्णयमा भर पर्दछ )

LC : लेवर कन्ट्राक भनेको तपाँई ( रोजगार अनूमति प्राप्त ब्यक्ति ) र सम्बन्धित कम्पनि बिचमा कामदारले पाऊने सेवा सुबिधा,कामदार को काम कर्तव्य,कम्पनिको जिम्मेवारी आदि सहितको बृस्तित सर्त सहितको सम्झौता पत्र हो ।

ईस्यु भएपछि पनि आफ्नो ईपिएस आईडि निरन्तर हेर्दै गर्नुहोला त्यहाँ लेवर कन्ट्राक जारी भनेर जारी मिति समेत आउँछ त्यो मितिको सात दिन भित्र ईपिएस कार्यलयमा आफै उपस्थित भई सम्झौता पत्र राम्रो अध्यायन गरी हस्ताक्षर गर्नु पर्छ ।

( सम्झौता पत्र का सर्त हरुमा आफुँलाई चित्त नबुझेमा सम्झौता अस्विकार गर्न पनि सकिन्छ त्यो कामदारको अधिकार को कुरा हो , तर हाल सम्म नेपालिहरुले कोरीयाको कन्ट्राक अस्विकार गरेको तथ्याङ्क भेटिदैन् )

LC आए पछि गर्नु पर्ने कार्यहरु निम्नानुसार छन् ।

१. राहदानी र नागरिकताको सक्कल प्रति लिएर ईपिएस कार्यलय ग्वार्को जाने.

२. लेवर कन्टाक राम्रो अध्यायन गरी हस्ताक्षर गर्ने ।

३. प्रारम्भिक तालिमको लागि ६३ अमेरिकन डलर सहित ललितपुर, भैसेपाटी तालिम केन्द्र नजिकै रहेको Nepal Bangladesh Bank ma
मा सम्पर्क गरि रकम बुझाइ training को लागि फारम भर्ने र training लिने or date लिने.

 ४. प्रहरी प्रतिवेदन  को लागि घन्टाघर नजिकै रहेको police station मा बिहान 10 बजे पछि पुग्ने।

CCVI ( Conformation certificate of Visa Issues ) 
प्राप्त भएपछी गर्नु पर्ने कार्य हरु :

१. ग्वार्को  नजिकै रहेको नबिल बैंक खाता नम्बर ०१०१०१२२०५४०१ मा 6000 रकम बुझाएको बैङ्क रसिद २ प्रति (कोरिएन राजदुतावास को लागी )

२. राहदानीको सक्कलप्रति र ४ कपि फोटोकपी

३. नागरिकताको सक्कलप्रति र१ प्रति फोटोकपी

४. दुवै कान देखिनेफोटो२ प्रति(passport 1 and auto size 1)

५. प्रहरीप्रतिबेदनको सक्कल प्रति.

६. तोकिएको अस्पतालमा गई टि.भि. परीक्षण गराऊने
         माथि उल्लेखित सबै कागजात तयार गरी CCVI फारम भर्ने र बुझाउने ( ईपिएस शाखा मा )

अन्तिम उडान तालिका ( Final Flight Schedule ) प्राप्त भएपछी गर्नु पर्ने कार्य हरु :

१. ग्वार्को नजिकै रहेको एभ्रेस्ट बैंक कोखाता नम्बर ००१०११०२२००००६ मा १००० बुझाउने (बैदेशिकरोजगार कल्याणकारी कोष को लागि)

२. ग्वार्को नजिकै रहेको माछापुछ्रे बैंक कोखाता नम्बर २३०१५२४३७४०१५०१७ मा ४६ डलर बुझेको रसिद(operating processcharge)

३. ग्वार्को नजिकै रहेको Nepal Life or Prime life इन्सुरेन्स मा 35 बर्ष भन्दा मुनिको भए ३५००, र सो भन्दा माथी भए ४९०० को Bima गरेको रसिद

४. प्रारम्भिकतालिमकोप्रमाण पत्र उडान हुनेसोमबारको अघिल्लोबिहिबार EPS बाट तोकिएकोTravell Agency= हिमलय बैंक ठमेल स्थित
सन्च्यकोश नजिकै रहेको ...बाट टिकट ल्याउने (५४१ $) 11 बजे देखि 2 :30 बजे सम्म उडान हुनेसोमबारको अघिल्लोसनिबार 12 बजे eps कोरिया शाखामा उडान गर्ने व्यक्ति स्वयंम उपस्थित भई कागजात लिने.... ।


* थप : हरेक सुचना तथा जानकारीको लागि हेर्दै गर्नुहोला हाम्रा हरेक पोस्ट अपडेट हरु ।
यसै वेबपेज तथा फेसबुक पेज : www.facebook.com/us.aasu2 
#धन्यवाद ।।

No comments:

Post a Comment