Saturday, February 4, 2017

१३ औं वार्षिक उत्सवको अवसरमा टेलिकमको कुन सेवामा कस्तो छुट ?


काठमाडौं– नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिक उत्सवको अवसरमा विभिन्न सेवाहरुमा छुटको अफर ल्याएको छ ।
टेलिकमले फेसबुक चलाउन रु २० मा १०० एमबी डाटा दिने जनाएको छ । जसको समयसीमा ५ दिनको हुने कम्पनीले जनाएको छ ।

यस्तै जिएसएम प्रिपेडमा फोरजी सञ्चालनको लागि ४०० एमबीको प्रोमोसनल अफर ल्याएको छ । जुन दैनिक १०० एमबीका दरले चार दिनसम्म उपलब्ध हुनेछ । कम्पनीले आजदेखि मात्रै प्रिपेडमा फोरजी सेवा सञ्चालन गरेको हो ।
यस्तै कम्पनीले सीडीएमए डाटा अफर, जीएसएम डाटा अफर र जीएसएम डाटा अफर पनि सार्वजनिक गरेको छ । सीडीएमए टाटा अफरमा रु ७५ मा २०० एमबी डाटा र त्यति नै बोनस पाउन सकिने छ । यस्तै रु १७५ मा ५०० एमबी डाटा र त्यत्तिनै बोनस प्राप्त गर्न सकिने छ ।
यस्तै जीएसएम डाटा अफरमा रु १३० मा २०० एमबी डाटा र त्यत्तिनै डाटा बोनस पार्न सकिने छ भने ३०० मा ५०० एमबी डाटा र ५०० एमबी नै बोनस प्राप्त गर्न सकिनेछ ।
यस्तै जीएसएम नाइट डाडा अफरमा रु ४० र रु ८५ मा क्रमशः ५०० एमबी र १२०० एमबी डाटा पाउन सकिने टेलिकमले जनाएको छ ।
यस्तै रु ५०, रु१०० र रु २०० को रिचार्जमा १० प्रतिशत तथा रु ५०० र रु १००० को रिचार्जमा १५ प्रतिशत बोनस पाइने अफर पनि टेलिकले ल्याएको छ ।
यसैगरी टेलिकमले एडीएसएलमा उही शुल्कमा बढी ब्याण्डविथ दिने घोषणा गरेको छ ।
यस्तै ल्याण्ड लाइन एक्सेस प्वाइन्ट शुल्कमा पनि हेरफेर गरेको छ भने सिप अफर र आरबिटीलगायतका सेवा पनि सञ्चालनमा ल्याएको छ ।

No comments:

Post a Comment